सल्यानमा जीप दुर्घटना : एकको मृत्यु, दुई घाइते
दाङ : सल्यानको शारदानगरपालिका १३ अत्तरकाडा (स्यानीखालाको डाँगीमोडमा) जीप दुर्घटना भएको छ। जीप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्नायीखालबाट श्रीनगर आउँदै गरेको लु १ ज ५६६४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा प्रहरी पुग्दैछ ।
प्रतिक्रिया दिनुहोस !
४