इलाम अन्तिम चारमा

इलाम अन्तिम चारमा

बेलबारी : रेड हर्र्स क्लब इलाम दोस्रो डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग खेल मैदानमा मंगलबार भएको खेलमा यू-१८ राष्ट्रिय टोलीलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै इलामले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेल सुरु भएपछि परेको वर्षाका कारण हिलाम्य मैदानमा कष्टपूर्ण खेल खेलेका दुवै टोलीले निर्धारित समयमा नतिजा निकाल्न नसक्दा खेल सडन डेथसम्म धकेलियो ।

दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेलको छिनोफानो गर्न सडन डेथसम्म पुग्नु परेको थियो । इलामको जितमा गोलरक्षक मनोज प्रधान नायक बने । सडक डेथमा विपक्षी खेलाडीको प्रहारलाई उत्कृष्ट ढंगबाट बचाउँदै खेलको म्यान अफ दी म्याच घोषित प्रधानले टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

टाइब्रेकरमा इलामका प्रदीप विष्ट, पिकेश लिम्बू, हिसव खतिवडा र रोमन भुजेलको प्रहारले जाली चुमेको थियो । दर्शन गुरुङले गरेको पहिलो प्रहारलाई नै यू-१८ का गोलरक्षक विष्णुकुमार केसीले रोकिदिँदा इलाम दबाबमा परेको थियो । यू-१८ का दिनेश हेन्जन, मनिष थापा, रन्दिप पौडेल र नविन गुरुङको प्रहार मात्रै गोलमा परिणत भयो । विकास खवासको प्रहारलाई इलामका गोलरक्षक प्रधानले उत्कृष्ट बचाउ गरेका थिए ।

सडन डेथमा इलामका हिपमेन लिम्बूको प्रहार गोलमा परिणत भयो । जय गुरुङ गोल गर्न चुक्नु नै यू-१८ को हारको मुख्य कारण बन्यो । उनको प्रहारलाई गोलरक्षक प्रधानले बचाए ।

खेलअवधि भर उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा लिए पनि फिनिसिङ फितलो हुँदा यू-१८ नतिजा विपक्षीलाई सुम्पन बाध्यो । २३ औं मिनेटमा बुद्ध बल तामाङको प्रहार आकासिँदा गोल गर्ने अवसरबाट यू-१८ चुक्यो । ४० औं मिनेटमा नितिन थापा वान भर्सेस वानमा चुक्नु पनि उसका लागि दुर्भाग्यपूर्ण बन्यो । ४३ औं मिनेटमा बुद्धकै प्रहार रिवान्ड भएर फर्किएपछि मनिष थापाले प्रहार गर्दा पनि बल आकासियो । ५८ औं मिनेटमा दिनेश हेन्जनले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार बायाँ बार हुँदै बाहिरिनु यू-१८ को हारको अर्को कारण बन्न पुग्यो।

पहिलो हाफमा उत्कृष्ट खेल पस्किएको इलामले मध्यान्तरपछि भने पोस्ट एट्याकको अवसर समेत पाउन सकेन । २०औं मिनेटमा हिसाव थपलियाको प्रहार क्रस बारमाथिबाट बाहिरिँदा इलाम अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा मिलन धिमालको प्रहार क्रस बारमा लागेर फर्कियो ।

प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब र मोरङ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.