पार्टीले अनावश्यक दबाब दिएको भन्दै वीरगन्जका मेयरले दिए राजीनामा

पार्टीले अनावश्यक दबाब दिएको भन्दै वीरगन्जका मेयरले दिए राजीनामा

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र उनको दल संघीय समाजवादी फोरम नेपालका नेताहरु बीचको विवाद उत्कर्षमा पुगको छ ।  महानगरपालिकाको काममा पार्टीका नेता कार्यकर्ताबाट अनावश्यक दबाब आएकोले दबाबमा रहेर काम गर्न नसक्ने  भन्दै मेयर सरावगीले फोरम नेपालबाट राजीनामा दिएपछि विवाद छताछुल्ल भएको हो ।  

गत असोज ३ मा भएको स्थानीय तहको निर्वाचनमा सरावगी, फोरम नेपालबाटै चुनाव लडेर मेयरमा निर्वाचित भएका थिए । उद्योगपति घरानाका सरावगी, २०७३ सालको चैतमा फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेपछि फोरम नेपालले सरावगीलाई प्रदेश २ को कोषाध्यक्षको जिम्मेवारी दिएएको थियो । तर डेढ महिना पहिले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को कोषाध्यक्षबाट सरावगीलाई हटाएर कोषाध्यक्षको जिम्मेवारी उषा यादवलाई दिए। पछिल्लो समय सरावगी फोरमका साधरण सदस्य मात्र थिए ।   
 

मेयर सरावगीले बिहीबार सामाजिक सञ्जाल ह्वाट्सअप मार्फत राजीनामा पत्र , फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय सदस्य मोहनलाल चौधरीलाई बुझाएका छन् । एकदुई दिनमा पार्टी नेतृत्वलाई भेटेरै पनि राजीनामा पत्र बुझाउने तयारी सरावगीले गरेका छन् ।  तर शुक्रबार बिहान अन्नपूर्णसँगको कुराकानीमा भने मेयर सरावगीले राजीनामाका विषयमा खुलेर गरेनन् ।

 ‘महानगरको काम गर्ने क्रममा पार्टीका केही नेता कार्यकर्ताबाट निरन्तर असहयोग भइरहेको छ, मेयरले यो गरेन त्यो गरेन भनेर अनावश्यक दबाब पनि आइरहेको छ,’ सरावगीले भने, ‘यहि विषयमा पार्टी भित्र आफना असन्तुष्टिहरु राखेको छु, अब पार्टी नेतृत्वले जे निर्णय गर्छ त्यो स्वीकार्छु ।’ सरावगीले पार्टीबाट अनावश्यक दबाब आइरहेकाले दबाबमा रहेर काम गर्न सक्ने अवस्था नरहेको पनि बताए । 
 

आफू पार्टीको मात्र नभइ सम्पूर्ण नगरबासीको मेयर भएकाले कानुन, प्रकृया मिचेर नजाने अडानमा दृढ रहँदा पार्टीबाट अनावश्यक दबाब र तनाव आइरहेकाले काम गर्न समस्या भइरहेको सरावगीले गुनासो गरे ।स

मेयर सरावगी निकटका फोरम नेपालका एक स्थानीयले नेताले भने मेयर सरावगीको भनाई उधृत गर्दै ‘मैले सवरागीले राजीनामा पत्र ह्वाट्स अपमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय सदस्य मोहनलाल चौधरीलाई पठाएको जानकारी दिए । केन्द्रीय सदस्य चौधरी अहिले वीरगन्ज बाहिर रहेकाले उनीआएपछि, सवरागीले राजीनामा पत्रको सक्कल बुझाउने तायरी गरेको सवरागी निकट एक फोरम नेताले बताए । 

गत बुधबार बसेको फोरम नेपालको नगर कार्यसमितिको बैठकले मेयर सरावगीले अहिलेसम्म गरेका काम पार्टीको नीति र सिद्धान्तविपरित रहेको भन्दै चार बुदे ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो । त्यही ध्यानाकर्षण पत्र बुझाउन नगर कार्यसमितिले समय माग्दा मेयर सरावगीले समय नदिएपछि विवाद झन चुलिएको हो । 
 

मेयर सरावगीको  काम र गतिविधीको समीक्षा गर्न बुधबार नगर कार्य समितिको बैठक बसेको थियो , फोरम नेपालको नगर कार्य समितिका अध्यक्ष इश्वर यादवले भने ,‘ बैठकले मेयर सरावगीको अहिले सम्मको काम पार्टी र नगरवासीको हितमा नरहेको भन्दै चार बुदे ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरयो , तर मेयर साब ले समय नै दिनु एन । 

नगर अध्यक्ष यादवका अनुसार , नगर कार्य समितिले निर्णय गरेको चार बुदे ध्यानाकर्षण पत्रमा  ११ महिनाको अवधीमा महानगरपालिकाबाट भएका विकासका कार्य तथा योजनाको नगरवासीले अनूभूती गर्न नपाएको , भएका विकास निर्माण कामहरु कहा कहा भयो , कसरी भयो भन्ने विषयमा पार्टीलाइ कुनै जानकारी नगराइएको, पार्टीको सल्लाह बेगर

महानगरपालिकाको विभिन्न शाखामा कर्मचारी नियुक्त गरिएको र पार्टीको हित विपरितमा काम गर्ने जो  कोहीलाइ पनि पार्टीले माफ नगर्ने बुदाहरु उल्लेख छन् ।  फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले भने मेयर सरावगीले पार्टीबाट राजीनामा दिएको आधिकारीक जानकारी आफुलाइ नभएको बताए । मेयर सरावगीले पार्टीबाट राजनीनामा दिएको हल्ला मैले पनि सुनेको छु , तर म जिल्ला अध्यक्ष हु , मैले  राजीनामाको आधिकारीक पत्र पाएको छैन ।

  फोरम नपालबाटै चुनाव लडेर मेयर बनेका सरावगीको काम र गतिविधी भने पार्टीको हितमा नरहेको अध्यक्ष यादवले बताए । महानगरपालिकाका विकास निर्माणका टेण्डर र कर्मचारी नियुक्तीमा आफना आसेपासेलाइ मात्र राखेको उनले आरोप लगाए । 

 सरावगी फोरमको मतबाट मेयर बनेका हुन् , तर अहिले आएर उनले फोरमको मतको कदर गरेका छैनन् , अध्यक्ष यादवले भने ,‘ मेयर सरावगी पार्टीको सल्लाह र निर्देशनमा चलेका छैनन् , साच्चै भन्ने हो भने सरावगीले मधेस आन्दोलनसंग गद्धारी गरेका छन् । 

फोरम नेपालको श्रोतका अनुसार , केहि महिना यता फोरम नेपालका अध्यक्ष प्रदीप्प यादव र  केन्द्रिय अध्यक्ष उपेन्द्र यादव दुवैसंग मेयर सरावगीको सम्बन्ध चिसिएको छ । 
 पार्टीको जिल्ला र केन्द्रीय नेतृत्वले पार्टी नीति र निर्देशनमा काम गर्न गरेको आग्रहलाइ मेयर सरावगीले वास्ता नगरेका कारण दुवै नेतासंग मेयर सरावगीको सम्बन्ध राम्रो नरहेको फोरम श्रोतले जनाएको छ ।    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.