चिनियाँ राजदूत र प्रधानसेनापतिबीच भेटिवार्ता, के के भयो कुरा ?
काठमाडौँः बिम्स्टेक देशहरुको संयुक्त सैन्य अभ्यासमा नेपालको अनुपस्थितिबारे पक्ष र विपक्षमा बहस चलिरहेका बेला शुक्रबार नेपालस्थित चिनियाँ राजदूतले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटेकी छन् ।
नेपाली सेना र चिनियाँ सेनाबीच यही असोज १ गतेदेखि हुन लागेको संयुक्त सैन्य अभ्यासको पृष्ठभूमिमा चिनियाँ राजदूत यु होङ शुक्रबार जंगीअड्डा पुगेर महारथि थापालाई बधाई पनि दिइन् ।
त्यसक्रममा चिनियाँ राजदूत होङ र महारथि थापाबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
भेटका क्रममा राजदूत होङले थापालाई कार्यकाल सफलताको शुभकामना दिँदै द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल गरेको निर्देशनालयले जानकारी दिएको छ ।
यसअघि भारतको पुणेमा भदौ २५ गतेबाट भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी भएको थिएन ।
प्रतिक्रिया दिनुहोस !