दोस्रो खेलमा पनि नेपाली टोली इन्डिया ‘ए’सँग हार्‍यो

दोस्रो खेलमा पनि नेपाली टोली इन्डिया ‘ए’सँग हार्‍यो

काठमाडौँ : भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । 

लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । 

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक-एक विकेट लिए । 

पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले ४५.५ ओभरमा सबै विकेट गुमाई १५६ रन मात्रै बनाउन सक्यो । २३ रन बनाउँदा ३ विकेट गुमाएको नेपालका लागि  तृतराज दास र सन्दीप जोराले सम्मालिएर ब्याटिङ गरेका थिए । 

नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए ।  एकाना अन्तराष्ट्रिय क्रिकेट मैदान लखनउमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । 

दास र जोराले चौथो विकेटका लागि ६९ रनको साझेदारी गरे । २८.१ ओभरमा दास आउट भएपछि आएका भीम सार्कीले पनि राम्रो ब्याटिङ गर्दा नेपालले राम्रो स्कोर बनाउने सम्भावना देखिएको थियो । 

४०.१ ओभरमा ६६ रन बनाएर खेलिरहेका सन्दीप जोरा आउट भएपछि नेपालको लगातार विकट गुम्यो । नेपालका लागि जोरापछि तृतराज दासले ४६ रन र भीम सार्कीले २८ रनको योगदान गरे । अन्यले ५ रनभन्दा माथिको योगदान गर्न सकेनन्। 

बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार-चार विकेट लिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.