प्रचण्ड चीन प्रस्थान

प्रचण्ड चीन प्रस्थान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन उडेका छन्।  चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा ‘प्रचण्ड’ शनिबार दिउँसो चीन प्रस्थान गरेका हुन्। 

चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तारका लागि चीन जान लागेको जानकारी गराएका छन्। भ्रमणको मूल एजेण्डा नै सम्बन्ध विस्तार रहेको उनको भनाइ छ।

सँगै प्रचण्डले यसअघि दुई देशका सरकारका बीच भएका सहमतिको कार्यन्वयनका विषयमासमेत पहल गर्ने जानकारी गराएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको दुई महिनामा तल्लो तहसम्म एकता गर्ने घोषणा भएको भए पनि त्यो हुन सकेको छैन। 

यो विषयमा बोल्दै प्रचण्डले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुग्ने बताएका छन्।  ‘म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुर्‍याइन्छ’, प्रचण्डले भने, ‘दसैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पुर्‍याइन्छ कुनै दुविधा रहँदैन।’

चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसीहित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। अघिल्लो सातामात्र भारत भ्रमण गरेका प्रचण्डको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ। भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतसँग भेट गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.