'सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलार्इ चाहिन्छ र ?'

'सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलार्इ चाहिन्छ र ?'

काठमाडौं : कांग्रेस सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सोच र क्षमतामै बादल लागेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गगन थापाले सदनमा यस्तो प्रश्न गरेका हुन्। 

शून्य समयमा बोल्दै गगन थापाले प्रश्न गरे, ‘सभामुख महोदय सोच र क्षमता दुवैमा बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’ 

त्यसअघि थापाले लामो पृष्ठभूमि कोट्यााउँदै सम्बोधनको अन्तिममा गृहमन्त्री बादल आवश्यक नभएको बताएका हुन्।  उनले गृहमन्त्री बादलले शुक्रबार सदनमा जवाफ दिएपछि मात्र उनको सोच र क्षमतामै खोट लागेको बताए।

गृहमन्त्री बादलले युद्ध र वा शान्ति दुवैको नियमसँग नमिल्लनेगरी गलत बाटो हिँडेको आरोप उनको छ। निर्मल पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई जोगाउन लागिपरेको आरोपसमेत थापाले बादलमाथि लगाएका छन्।

‘ठूलो माछा पक्राउ गर्न सक्नु भएन हामी बोलेनौँ। कामचोर व्यवसायीलाई कानुन नबनाई पक्राउ गरेर आफै छोड्नुभयो हामी बोलेनौँ। डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौँ। लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौँ’, सांसाद थापाले भने, ‘हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो। क्षमतामा केही बादल लागेको मात्र हो। तर हिजो हामी जब बोल्यो, मन्त्रीजी पनि बोल्नुभयो। अनि थाहा पायौँ युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नो हिरासतबाट मनोहर यादव मारिदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई आफ्नै संयन्त्रहरु जोगाउन लागिरहँदा ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको, बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.