एसियन च्याम्पियनसिपका लागि नेपाली टोली तयार

एसियन च्याम्पियनसिपका लागि नेपाली टोली तयार

विराटनगर : ४६औं को एसियन स्कुल यू-१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोली तयार भएको छ। एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो। पहिलोपटक सहभागिता जनाउन लागेको नेपाली टोली विराटनगरबाटै भारत प्रस्थान गर्नेछ।

भारतको आग्रामा असोज ४ देखि सुरु हुने च्याम्पियनसिप १० दिनसम्म चल्नेछ। च्याम्पियनसिपका लागि दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ। खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहितको टोलीलाई आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विशेष बिदाइ गर्नेछन्। च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा थाइल्यान्ड, इन्डोनेसिया र चीन छन्। समूह ‘बी’मा आयोजक भारत, श्रीलंका, दक्षिण कोरिया र मलेसिया छन्।

नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले विराटनगरको प्रशिक्षणले खेलाडीको मनोबल उच्च रहेको बताए। आग्राको मौसमसँग विराटनगरको मौसम मिल्ने भएकाले एन्फाले यू-१८ टोलीको प्रशिक्षण गराएको हो। ‘बन्द प्रशिक्षणमा ३५ जना खेलाडीलाई राखिएको थियो’, उनले भने, ‘अन्तिम चरणमा २० जना चयन गरिएको छ।’

‘समूह चरणमा कठिन भए पनि मेहनत गरेर खेलाडीले खेल पस्कने भएका कारण टोलीले समूह चरण पार गर्ने अपेक्षा गरिएको छ’, श्रेष्ठले भने, ‘प्रशिक्षणको सुरुआती केही दिन मौसम खेलाडीलाई अभ्यासका लागि अनुकूल भए पनि एक सातादेखि वर्षाका कारण फिजिकल तालिममा भने खुम्चनु परेको छ।’ प्रमुख प्रशिक्षक श्रेष्ठ सन् १९८९ मा १६ वर्ष मुनिको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका पूर्वखेलाडी पनि हुन्। उनले सन् १९९२ मा यू-१९ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

च्याम्पियनसिपको तयारीका लागि युवा टोलीले पूर्वाञ्चलको नेपाल पुलिस क्लब, मोरङ-११ र बेलबारी क्लबसँग मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ। युवा टोलीले बेलबारीलाई हरायो भने पुलिस र मोरङसँग १-१ गोलको बराबरी खेलेको थियो। एन्फाका केन्द्रीय सदस्य तथा नेपाली टोलीका व्यवस्थापक रूपेश अधिकारीले बन्द प्रशिक्षणको व्यवस्थापन र खेलाडीको अभ्यासमा कुनै कमी आउन नदिएको बताए। ‘यू-१८ च्याम्पियनसिपका लागि खेलाडी तयार छन्’, उनले भने, ‘अन्तिम चार नै सुरुआती लक्ष्य रहनेछ।’ उनले पहिलो सहभागितामै नेपाली खेलाडीले चामत्कारिक प्रदर्शन गर्ने बताए।

कप्तानले हेन्जनले पनि विदेशी भूमिमा उत्कृष्ट खेल खेल्ने बताए। ‘यसअघिका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सिनियर टोलीले हार बेहोरेको तीतो यथार्थ हामीसँग छ’, उनले भने, ‘सिनियर टोलीको हारलाई हामी पूर्ति गर्नेछौं।’ नेपाली टिममा रहेका २० जनामध्ये १३ जनाले यसअघि अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। सातजना नयाँ अनुहार छन्। कप्तान हेन्जनले १३ जना खेलाडीले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट लिएको अनुभव आग्रामा हुने एसियन स्कुल यू-१८ च्याम्पियनसिपमा काम लाग्ने बताए।

नेपाली टोलीको गोलरक्षकमा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी छन्। रक्षकमा विकास खवास, नवीन गुरुङ, राजन गुरुङ, असीम गुरुङ, रन्दिप पौड्याल र सजित राई छन्। मिडफिल्डरमा नतिन थापा, मनीष थापा, जय गुरुङ, सेनेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन छन्। स्ट्राइकरमा दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टीका गुरुङ छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.