यू-१९ क्रिकेट : तेस्रो स्थानका लागि भिड्दै नेपाल
काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आयोजनामा जारी चार टोली सम्मिलित यू-१९ एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । लखनउस्थित इकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम 'बी' मा जारी खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरको खेल सकिँदा बिना विकेटको क्षति २१ रन बनाएको छ ।
नेपाल र अफगानिस्तान दुवै टोली राउन्ड रोबिन लिगको सुरुआती दुई खेलमा भारतको ए र बी टोलीसँग पराजित भएका थिए। टेस्ट टोलीको मान्यता पाएका भारत र अफगानिस्तानको युवा टोली सम्मिलित प्रतियोगितामा नेपालका लागि तेस्रो स्थानको सफलता पनि महत्वपूर्ण हुनेछ।