निजी लगानीले धानेको ‘रक क्लाइम्बिङ’

निजी लगानीले धानेको ‘रक क्लाइम्बिङ’

काठमाडौं : दुई दशक अघिसम्म नेपालमा रक क्लाइम्बिङको खासै अभ्यास थिएन। छिटफुट रूपमा विदेशीहरूले निर्माण गरिदिएका रुटहरू प्रयोग गरी क्लाइम्बिङ गर्ने गरिन्थ्यो। नेपाल भित्रिने साहसिक खेलकुदप्रेमी पर्यटकहरू रक क्लाइम्बिङको सम्भावना धेरै रहेको भन्ने गर्थै। त्यसपछि मात्र आफूसँग पदयात्रामा रहेका पर्यटकहरूको चाहनाअनुसार निजी लगानीमै रुट विस्तार सुरु भयो।

२२ वर्षअघिदेखि ट्रेकिङ पेसामा आबद्ध रहेका खिजिदेम्बा-५ ओखलढुंगाका आङपासाङ शेर्पाले लाखांै रुपैयाँ खर्चेर नागार्जुनमा रक क्लाइम्बिङ गर्ने ८ देखि १९ सम्मको ११ वटा रुट निर्माण गरे। उनीसँगै हल्यान्डका होरी वर्नले पनि रुट निर्माणका लागि सहयोग गरेका थिए। अहिले विदेशी पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटकका लागि समेत रक क्लाइम्बिङ रोजाइको विषय बन्न पुगेको छ।

पिके एभरेस्ट भ्यु ट्रेकिङ एन्ड एक्सपिडिसन कम्पनी स्थापना गरेर १८ वर्षअघिदेखि रक क्लाइम्बिङ विस्तारको अभियानमा छन्। मेरापिक, आइस्ल्यान्ड, पक्च्यर्मुलगायतका आधा दर्जन साना हिमाल आरोहण र पदयात्रामा गाइडको भूमिकामा काम गर्दै आएका उनले पछिल्लो समय नेपाल पर्वतारोहण संघ र नेपाल पर्वतारोहण प्रशिक्षक संघसँग सहकार्य गरी थप सम्भावित क्षेत्रमा रक क्लाइम्बिङको रुट निर्माण गर्ने तयारी थालेको समेत बताए।

केही अघिसम्म रुट भएकाले रक क्लाइम्बिङ सम्भव थिएन। सय मिटरसम्म अग्लो र प्राविधिक रूपमा कठिन रहेको रुट निर्माणपछि रक क्लाइम्बिङ गर्नेका लागि सहयोग पुगेको उनको भनाइ छ। पछिल्लो समय पर्वतारोहण पथ प्रदर्शकले समेत अनिवार्य रक क्लाइम्बिङ गर्नुपर्ने व्यवस्था छ भने पर्वतारोहण क्षेत्रमा जानेका लागि पहिलो अभ्यास नै रक क्लाइम्बिङ हुन आउँछ।

हिमालै हिमालको देश भनेर चिनिने नेपालमा रक क्लाइम्बिङ अनिवार्य जस्तै भएकाले प्रत्येक प्रदेश र जिल्लामा विस्तार गर्नुपर्ने आवश्यकता भएको रक क्लाइम्बिङ अभियान्ता आङपासाङ शेर्पाले बताए। अन्य विकसित मुलुकमा प्राकृतिक रूपमा रक नहुँदा कृत्रिम वाल निर्माण गर्ने गरिन्छ। तर वालमा अभ्यास गर्दा प्राकृतिक रकमा जस्तो रमाइलो नहुने भएकाले नेपालमै आएर पर्यटकहरू रक क्लाइम्बिङ गर्न रुचाउने गरेको उनको अनुभव छ।

क्याराविनर, हार्डनेस, हेलमेट, चस्मा, डोरी, रक चक, रक सुजको सहयोगमा ढुंगैढुंगा भएको भीर चढ्नुपर्ने हुन्छ। नेपाललाई रक क्लाइम्बिङको हव बनाउनु पर्ने शेर्पाको धारणा छ। सरकारले दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै सीमित स्थानमा मात्र गरिँदै आएको रक क्लाइम्बिङलाई विस्तार गरी साहसिक क्षेत्रमा आउने पर्यटकको संख्या थप गर्न सकिने उनको विश्वास छ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धनबहादुर बुढा संख्या मात्रै नभएर गुणस्तरमा पनि ख्याल गरेर साहसिक क्षेत्रमा आउने पयर्टकलाई थप आकर्षित गर्ने योजना सरकारले ल्याउन लागेको बताउँछन्। ‘विदेशीहरू बढी रक क्लाइम्बिङ गर्न रुचाउने गर्छन्। डोरीकै सहायताले पाँच सय मिटरसम्मको अग्लो भीर चडेर फर्केने गर्छन्। नेपालमा नगरकोट, बालाजुको नागार्जुन, तनहुँको विमलनगर, ललितपुरको हात्तीवन र सोलुखुम्बुको थामेमा मात्र रक क्लाइम्बिङ गरिँदै आएको छ’, नेपाल पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पा भन्छन्, ‘यसले शारीरिक स्फुर्ति बढाउँछ भने डिप्रेसनबाट बच्ने र समस्या खेप्न सक्ने क्षमताको पनि विकास गर्छ।’

रक क्लाइम्बिङको विकासमा सरकारले खासै ध्यान पुर्‍याउन सकेको छैन। खतराबाट बच्न र क्लाइम्बिङ गर्नेहरूबाट उद्धारमा समेत सहयोग पुग्ने विज्ञहरूको धारणा छ। दुई वर्षपछि जापानमा हुने ओलम्पिक खेलमा समेत रक क्लाइम्बिङको प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगितामा नेपालले समेत सहभागिता जनाउने तयारी सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.