इटहरीका विद्यालयमा स्थानीय पाठ्यक्रम

इटहरीका विद्यालयमा स्थानीय पाठ्यक्रम

इटहरी  : इटहरी उपमहानगरले कक्षा १ देखि ८ सम्म छुट्टै स्थानीय पाठ्यक्रम बनाउने भएको छ। पाठ्यक्रममा इटहरीको परिचय दिइने बताइएको छ। यो पुस्तक आगामी शैक्षिक सत्रदेखि अध्यापन हुनेछ।

इटहरी उपमहानगर शिक्षा महाशाखाको बैठकले पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणका लागि समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। शिक्षा महाशाखा प्रमुख भूपेन्द्र कोइरालाले इटहरीका विद्यालयको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीयमा विषयवस्तुमा आधारित हुने जानकारी दिए।

नेपाली र अंग्रेजी दुवै माध्यममा पुस्तक तयार पारिनेछ। पुस्तकमा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तु समेटिने कोइरालाले बताए। उनले भने, ‘पुस्तकमा स्थानीय भूगोल, जातजाति, आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिकजस्ता विषयवस्तु समेटिनेछन्।’

यस्तै, संस्थागत विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई उपमहानगरपालिकाले कडाइसाथ कार्यान्वयन गर्ने भएको छ। जेहेनदार, विपन्न, दलित र गरिब विद्यार्थीलाई छानेर यस्तो छात्रवृत्ति दिइनेछ। सोका लागि उपमहानगरको शिक्षा महाशाखामा असोज १५ गतेसम्म निवेदन दिनुपर्नेछ। महाशाखामा आएका निवेदन छानबिन गरि संस्थागत विद्यालयलाई छात्रवृत्तिका लागि सिफारिस गरिनेछ। यसअघि भने तीन जना विद्यार्थी पढाउँदा एक जना छुटका हिसाबले छात्रवृत्ति दिएको विद्यालयले देखाउने गरेका थिए।

यस्तै, इटहरीमा पहिलो पटक विद्यालयमा दरबन्दी मिलान गर्ने निर्णयसमेत गरेको छ। सोका लागि १५ दिनभित्र समयसीमा तोकेर कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। ५० विद्यार्थी बराबर एक जना शिक्षक रहने गरी दरबन्दी मिलान गरिने कोइरालाले बताए। इटहरीका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या बढी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.