सांसद धम्क्याउनेलाई ५ वर्ष जेल

सांसद धम्क्याउनेलाई ५ वर्ष जेल

पोखरा : गण्डकी प्रदेशसभामा कांग्रेसका सांसद विन्दुकुमार थापालाई धम्क्याएर पैसा मागेको आरोपमा पक्राउ परेका ४ जनालाई कास्की अदालतले ५ वर्षको कैद सजाय सुनाएको छ । अदालतले मुख्य योजनाकार नलबहादुर गुरुङ र अमृत खड्कालाई ५÷५ र शिव कार्की र रामु सुवेदीलाई ४/४ वर्ष जेल सजाय सुनाएको हो । उनीहरु सबैलाई कैद र ५०÷५० हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको छ ।

न्यायाधीश काजिबहादुर राईको इजलासले मंगलबार उनीहरुलाई कैद र जरिवानाको फैसला गरेको हो । ती ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग तथा संगठित अपराधसम्बन्धी मुद्दा थियो । संगठित अपराध मुद्दामा उनीहरुले उन्मुक्ति पाएका छन् । उनीहरुले प्रदेश सांसद थापा, प्रतिष्ठित व्यवसायी कालु गुरुङलाई फोनबाट धम्क्याएर करौडौं रुपैयाँ मागेको सूचनाका आधारमा प्रहरीले पोहोर माघमा पक्राउ गरेको थियो । व्यवसायी पृष्ठभूमिका सांसद थापा र अर्का व्यवसायी कालु गुरुङलाई ती ४ जनाले एक महिनासम्म धम्क्याएका थिए । बुटवलमा कम्युनिस्ट नेताहरुलाई मारेर कुख्याति कमाएका मनोज पुनको नाम लिएर यी ४ जनाले सांसद र गुरुङलाई धम्क्याएका हुन् । सांसद थापासँग २ र व्यवसायी गुरुङसँग १० करोड रुपैयाँ उनीहरुले मागेका थिए ।

विदेशको नम्बरबाट फोनबाट धम्क्याएका उनीहरुलाई प्रहरीले महिना दिन लामो प्रयासपछि पक्रन सकेको थियो । पक्राउ परेपछि उनीहरु विरुद्ध सांसद थापा र व्यवसायी गुरुङले जाहेरी दिएका थिए । मुख्य योजनाकार भनिएका पोखरा १७ बस्ने नलबहादुर गुरुङ शंकर नामले चिनिन्छन् । उनी स्याङ्जाको टक्सारका हुन् । अमृत खड्का पनि मुख्य योजनाकार हुन् ।

‘मनोज दाइ भारतमा हुनुहुन्छ, यता आउन मिल्दैन । तपाईंबाट २ करोड रुपैयाँ अपेक्षा गर्नु भएको छ’ भन्दै उनीहरुले सांसद थापासँग पैसा मागेका थिए । उनीहरुले पैसा नदिएकै कारण बुटवलका बलु पौडेलको हत्या भएको थापालाई फोनबाट सुनाउँथे । धम्की दिएपछि प्रदेश सांसद थापा घरबाहिर निस्कन कम गरेका थिए । त्यस्तो धम्कीको जानकारी प्रहरीलाई गराएका थिए । कुख्यात डन मनोज पुनको नाम जोडे पनि यी ४ जनाको पुनसँग कनेन्सन नभएको प्रहरीको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.