कर्णाली प्रदेशमा माध्यमिक तहमा कानुन विषय पढाई सुरु

कर्णाली प्रदेशमा माध्यमिक तहमा कानुन विषय पढाई सुरु

सुर्खेत : कर्णालीमा माध्यमिक तहमा कानुन विषय अध्यापन सुरु भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक माध्यमिक तहमा दुई वर्षे कानुन विषय अध्यापन सुरु भएको हो ।

लामो समयपछि माध्यमिक तहमै कानुन विषय अध्यापन सुरु भएपछि कर्णालीका विद्यार्थी उत्साहित देखिएका छन् । पहिलो पटक सुरु भएको कोर्समा आबद्ध विद्यार्थीलाई बुधबार विद्यालयले स्वागतसमेत गरेको छ । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेलले स्वागत गर्दै देशमा कानुन पढेका जनशक्ति अभाव रहेका बेला माध्यमिक तहको अध्यापनले जनशक्ति पूर्तिका लागि ठूलो भूमिका खेल्ने दाबी गरे ।

स्नातक तहको जगका रूपमा रहेको माध्यमिक तहको पढाइले स्नातकमा पनि गुणस्तरीय विद्यार्थी पूर्तिका लागि सहयोग गर्ने उल्लेख गरे । उनले कानुन पढेका जनशक्ति अभाव भएकै कारण कानुनी कामकारबाहीमा बाधा–अड्चन थपिँदै आएको बताए ।

‘नेपालमा कानुन पढेका जनशक्तिको संख्या अभाव छ, अभावकै बीचमा न्यायिक निकायले न्यायसम्पादन गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘आवश्यकताअनुसार जनशक्ति नहुँदा न्यायिक निर्णयमा ढिलाइ हुने, कामको चाप बढ्नेजस्ता समस्या यथावत् रहेको देखिन्छ ।’ 
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले कानुन विषय अरूभन्दा जटिल भएकाले अप्ठ्यारो परेका बेला न्यायिक निकाय र कानुन व्यवसायीको सहयोग लिएर अगाडि बढ्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.