२०औं जन्मदिनमा जब रसिद खान चम्किए

२०औं जन्मदिनमा जब रसिद खान चम्किए

आबुधावी : अफगानिस्तानका स्टार क्रिकेटर रसिद खानको २०औं जन्मिदिन यति सम्झन योग्य रह्यो की यस्तो जन्मदिन जो कोहीको हुन असम्भव छ । यूएइमा जारी एसियन  क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको अफगानिस्तानलाई जित दिलाउनका लागि बिहीबार रसिदले महत्वपूर्ण भूमिका निर्वाह गरे । जन्मदिनमा अफगानिस्तानका लागि उनले ब्याटिङ बलिङ, फिल्डिङ तीनै पक्षमा सशक्त प्रदर्शन गरे । महत्वपूर्ण खेलमा अफगानिस्तानले बंगलादेशलाई एक सय ३६ रनको भारी अन्तरले पराजित गर्‍यो ।

अफगापिनस्तानका लागि नवौं नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका उनले ३२ बलमा ८ चौका र एक छक्कासहित ५७ रन बनाएर अविजित रहे । बलिङमा पनि उनको प्रदर्शन निकै उत्कृष्ट रह्यो। ९ ओभर बलिङ गरेका उनले ३  ओभर मेडन खेल्दै १३ रन दिएर २ विकेट लिए भने उनले अर्का एक बंगलादेशी खेलाडीलाई रन आउटसमेत गराए । 

यो खेलको नतिजा दुवै टोलीका लागि हार र जितमा मात्रै सीमित रह्यो । दुवै टोलीले यसअघि नै ‘सुपर फोर’ चरणको यात्रा तय गरिसकेका छन् । आबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय स्टेडियममा टस जिती पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ५५ रनको योगफल खडा गरेको थियो । जवाफमा आएको बंगलादेशलाई ४२.१ ओभरमा मात्रै एक सय १९ रनमा रोक्दै अफगानिस्तानले समूहगत चरणमा आफूलाई अपराजित राख्न सफल रह्यो ।

अफगानिस्तानका लागि उनीभन्दा अघि हस्मतुल्लाह सहिदीले ५८ रन तथा प्रारम्भिक ब्याट्सम्यान मोहमद सेहजादले ३७ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । आफूले तय गरेको मध्यम योगफलको रक्षा गर्ने क्रममा उनै रसिदले बलिङ र फिल्डिङबाट सशक्त प्रदर्शन गरे । उनले बंगलादेशका महत्वपूर्ण खेलाडी सकिब अल हसन (३२) र मोहमदुल्ला (२७) लाई आउट गराएका थिए ।

त्यसपछि नवौं क्रममा ब्याटिङका लागि क्रिजमा छिरेका अबु हैदरलाई एक रन बनाएर खेलिरहेको अवस्थामा उनै रसिदले रन आउट गराउँदै अफगानिस्तानलाई जिततर्फ अग्रसर गराएका थिए । बंगलादेशविरुद्धको खेलमा टोलीलाई विजयी बनाउन मैदानमा छाएका रसिद म्यान अफ दि म्याचसमेत चुनिए ।

रसिदबाहेक मुजिब उर रहमान र गुलबदिन नइबले पनि दुई÷दुई विकेट लिँदा बंगलादेशी खेलाडी क्रिजमा लामो समय टिक्न सकेनन् । बंगलादेशका लागि सकिब र मोहमदुल्लाले जोडेको रन नै कुनै पनि खेलाडीले व्यक्तिगत जोडेकोमध्ये सर्वाधिक रह्यो । मोसादेक हुसेनले अविजित २६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ बंगलादेशका सकिबले अफगानिस्तानको चार विकेट लिएका थिए ।

रसिद खान अहिले विश्वकै उत्कृष्ट बलर बन्न सफल भइसकेका छन् ।आइसीसीको टीट्वीन्टी बलर बरियतामा पहिलो नम्बरमा रहेका रसिद एक दिवसीयमा द्रोस्रो बरियतामा छन् । एक दिवसीयमा रसिदभन्दा अगाडी भारतका फास्ट बलर जसप्रिट बुमराह रहेका छन् । रसिदले एक दिवसीय क्रिकेटको अलराण्डरको बरियतामा पनि सातौं नम्बरमा स्थान बनाइसहेका छन्। 
अफगानिस्तानले यसै वर्ष मात्रै टेस्ट मान्यता पाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.