नेपालको लगातार दोस्रो पराजय

नेपालको लगातार दोस्रो पराजय

आगरा (भारत) :  नेपालले भारतको आगरामा जारी ४६औं यू-१८ एसियन स्कुल च्याम्पियनसिपमा दोस्रो पराजय बेहोरेको छ। नेपाल सोमबार भएको खेलमा इन्डोनेसियासँग २-१ गोलअन्तरले पराजित भएको हो।

प्रतियोगितामा लगातार दोस्रो पराजयसँगै नेपालको सेमिफाइनल यात्रा मुस्किल बनेको छ। प्रतियोगिताको समूह एमा रहेको नेपाललाई सेमिफाइनल यात्रा तय गर्न अब बाँकी रहेको आफ्नो दुईमध्ये दुवै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन। अन्य टोलीको खेलको नतिजासमेत कुर्नु पर्नेछ। समूहगत चरणमा नेपालले अब चीन र अफगानिस्तानसँग खेल्न बाँकी रहेको छ। समूहगत चरण पार गर्दै सेमिफाइनल पुग्नलाई नेपालले चीन र अफगानिस्तानविरुद्धको दुवै खेलमा जित हात पार्दा अर्काे खेलमा चीनले पनि इन्डोनेसियालाई पराजित गरेको नतिजा कुर्नु पर्नेछ।

नेपाल यसअघि आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग २-० गोलले पराजित भएको थियो। सोमबार भएको खेलमा आफूले लिएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो। नेपालले खेलको ५०औं मिनेटमा राजन गुरुङको उत्कृष्ट गोलमार्फत १-० को अग्रता लिएको थियो। दिनेश हेन्जनले प्रहार गरेको कर्नरमा हेडिङ गोल गर्दै राजनले नेपाललाई अगाडि बढाएका थिए। तर, नेपालले आफ्नो अग्रतालाई लामो समय टिकाउन सकेन।

नेपालले गोलको खुसी मनाउन नपाउँदै इन्डोनेसियाले खेलमा बराबरी गोल फर्कायो। खेलको ५१औं मिनेटमा इन्डोनेसियाका एलेनले लामो प्रहारमार्फत गोल गरेका थिए। त्यसपछि खेलको ६७ औं मिनेटमा अल्फएड्राले पेनाल्टीमार्फत गोल गर्दा इन्डोनेसियाले २-१ गोलले जित पक्का गरेको थियो। नेपालले एसियन स्कुल च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.