बोलिभियामाथि नेपालको जित

बोलिभियामाथि नेपालको जित

जर्जिया : जर्जियाको बटुमीमा जारी ४३औं चेस ओलम्पियाडमा नेपालले आफ्नो चौथो चरणको खेलमा सानदार जित हात पारेको छ। बिहीबार राति भएको पुरुषतर्फको खेलमा नेपालले आफूभन्दा १९ वरीयतामाथि रहेको बोलिभियालाई २.५-१.५ अंकले हराएको हो। नेपाल वरीयतामा एक सय १८औं स्थानमा छ। चौथो चरणको खेलको समाप्तिसँगै नेपालले चार अंक बनाएको छ।

यसअघि नेपालले नेदरल्यान्ड एन्टिलेजलाई हराएको थियो। नेपाली टोली क्यानडा र सिंगापुरसँग भने पराजित भएको थियो। चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस मिगुल अग्विलरलाई र विवेक थिङले ड्यानियल पिन्टोलाई हराए। रूपेश जैसवालले भने पाउलो रोजोसँग बराबरी खेलेका थिए। हिमाल लामा भने जस ड्यानियल जेमीसँग पराजित भएका थिए। पाँचौं चरणको खेलमा नेपाली पुरुष टोलीले आफूभन्दा एक स्थानमाथि रहेको चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरी महिलातर्फ चौथो चरणको खेलमा नेपालको प्रदर्शन सुधार हुन सकेन। नेपाली महिला टोली आफूभन्दा धेरै बलियो बेल्जियमसँग ३-१ ले पराजित भयो। महिलातर्फको वरीयतामा बेल्जियम ५७औं स्थानमा छ भने नेपाल एक सय १६औं स्थानमा। चौथो चरणको खेलमा नेपालकी सुजना लोहनीले मात्र जित हात पारिन्। सुजनाले विबेके बेल्जियमकी बारवियरलाई हराइन्।

मोनालिसा खम्बु बेल्जियमकी अस्ट्रेड बारवियरसँग पराजित भइन् भने सुशीला गुरुङ पनि हानी गोसेन्ससँग हार्न पुगिन्। खुश्बु थापालाई एन्लेलाइस कुभेलियरले पराजित गरिन्। महिलातर्फ चौथो चरणको खेल सकिँदासम्म नेपालले एउटा खेलमात्र जित्न सकेको छ। नेपालले तेस्रो चरणको खेलमा गाम्बियालाई ४-० ले हराएको थियो थियो।

पाँचौं चरणको खेलमा भने नेपाली टोलीले एक सय २८औं वरीयतामा आसीन लेसोतोसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपालबाट पुरुष र महिला गरी १० जना खेलाडीले भाग लिएका छन्। ११औं चरणसम्म चल्ने चेस ओलम्पियाडका खेलहरू असोज १९ गते सकिनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.