एसिया कपको उपाधि भारतलाई

एसिया कपको उपाधि भारतलाई

दुबई : एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ। शुक्रबार बेलुका भएको फाइनल खेलमा बंगलादेशलाई तीन विकेटले पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो। यसअघि सन् २०१६ मा भएको प्रतियोगिताको उपाधि पनि भारतले नै जितेको थियो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारी पहिले ब्याटिङमा आएको बंगलादेशले ४८.३ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय २२ रनको सामान्य योगफल खडा गरेको थियो। जवाफमा भारतले निर्धारित ५० ओभरको अन्तिम बलमा सात विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।

निकै नै रोमाञ्चक बनेको खेलमा भारतले अन्तिम बलमा पुगेर उपाधि पक्का गरेको हो। भारतलाई जितका लागि अन्तिम ६ बलमा ६ रन आवश्यक थियो। यसमा केदार जाधव र कुलदीप यादवको जोडी सफल भयो। बलमा सशक्त प्रदर्शन गर्दै बंगलादेशलाई सहज योगफलमा रोकेको भारतले ब्याटबाट भने सोचेजस्तो प्रदर्शन गर्न सकेन। कप्तान तथा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा ४८ रनमा आउट हुन पुगे। त्यसअघि नै अर्का प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले १५ रन जोड्दा नै क्रिज छाडेका थिए। अम्बाती रायडु दुई रनमै आउट हुँदा दिनेश कार्तिकले ३७ तथा महेन्द्रसिंह धोनीले ३६ रन जोडेका थिए। आफ्ना भरपर्दा ब्याट्सम्यान सस्तो योगफलमै गुमाउनु पर्दा भारत केही दबाबमा देखिएको थियो।

यद्यपि जाधवले जिम्मेवारीपूर्ण ब्याटिङ प्रदर्शन गर्दै टोलीको जित पक्का बनाए। ‘ह्यामस्ट्रिङ’ समस्याबाट ग्रसित जाधवले २७ बलमा अविजित रहँदै २३ रन जोडेर टोलीलाई उपाधि दिलाए। उनीसँगै कुलदीप ५पाँच रनमा अविजित रहे।

त्यसअघि रभिन्द्र जडेजाले २३ तथा भुवनेश्वर कुमारले २१ रन जोडेका थिए। बलिङतर्फ उनै कुलदीप चम्कँदा बंगलादेश सस्तो योगफलमै रोकिएको थियो। कुलदीप एक्लैले तीन विकेट लिँदा जाधवले दुई तथा युज्भेन्द्र चहल र जसप्रित बुमराहले एक÷एक विकेट लिएका थिए।

त्यसअघि प्रारम्भिक ब्याट्सम्यान लिटोन दासले एक सय १७ बलमा एक सय २१ रनको आकर्षक शतकीय पाली खेले पनि बंगलादेशलाई जितसम्म डोहोर्‍याउन सकेनन्। उनले आफ्नो पालिमा दुई छक्का र १२ चौका प्रहार गरेका थिए। बंगलादेश लिटोन क्रिजमा रहुन्जेल निकै बलियो अवस्थामा देखिएको थियो। बंगलादेशले पहिलो विकेट गुमाउँदा एक सय २० रनको योगफल तय गरेको थियो।

यद्यपि लिटोनलाई अन्य कुनै पनि ब्याट्सम्यानले साथ दिन नसक्दा बंगलादेश जितको निकै नजिक पुगेर रोकिएको हो। बंगलादेशका लागि लिटोनबाहेक मेहिदी हसन मिराजले ३२ तथा सौम्या सरकारले २२ रन जोड्नेबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङतर्फ बंगलादेशका मुस्तफिजुर रहमान र रुबेल हुसेनले दुई÷दुई विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.