कमल थापाले भारतका कडेकरलाई हराए

कमल थापाले भारतका कडेकरलाई हराए

पोखरा : पोखरामा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आईटीएफ सर्किट-४ टेनिस प्रतियोगितामा पूर्वउपप्रधानमन्त्री कमल थापाले विजयी सुरुआत गरेका छन्। थापाले ५५ वर्षमाथिको एकलमा भारतका नरहरि कडेकरलाई ६-१, ६-० को सहज सेटमा पराजित गरे।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको ४५ वर्षमाथिको एकलतर्फको खेलमा धरमबहादुर लामिछानेले विमलकुमार गुरुङलाई ५-७, ६-४, ६-२ को सेटमा पराजित गरे। अर्को खेलमा भारतका नारायण मूर्ति कोटयालाले हुमबहादुर आलेलाई ६-२, ६-२ को सेटमा पराजित गरे। सोही उमेर समूहको अर्को खेलमा विनोद कायस्थले लोक गुरुङलाई ६-१, ६-० को सहज सेटमा पराजित गरे भने अमृत कार्कीले कुलबहादुर तामाङलाई ६-४, ४-६ र रिटायर्ड हर्टमा पराजित गरे।

यस्तै अर्को खेलमा महादेव भण्डारीले विष्णुसिंह थापालाई ६-१, ६-० को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। बच्चुगोपाल वंशीले नारायणप्रसाद पहारीलाई प्रतिस्पर्धात्मक खेलमा ६-४, ७-६, ६-३ ले पराजित गरे भने प्रताप मोक्तानले धर्मराज कोइरालालाई ६-३, ६-० ले पराजित गरे। अनुजकुमार बाँस्तोलाले शिवप्रसाद सेढाईलाई ६-१, ६-० को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा पुगे।

३५ वर्षमाथिको एकलमा भारतका अनिलनाथ कल्राले नेपालका मुनेष थापालाई २-६, ६-१, ६-१ को सेटमा पराजित गरे। महेश श्रेष्ठले सीमान्त गुरुङलाई ६-०,३-६, ६-१ को सेटमा पराजित गर्दा नेपालका शीर्ष वरीयताका कमल भण्डारीले शरण गुरुङलाई ६-०, ६-२ को सोझो सेटमा नतिजा निकाले।

५५ वर्ष माथिको खेलमा समीर शेरचनलाई च्याम्बा ढुन्डुपले ६-३, ६-४ को सेटमा पराजित गरे। त्यस्तै भारतका डियोनम लामाले नेपालका वसन्त प्रधानलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरे। सोही उमेर समूहमा प्रतियोगितामा सहभागी नेदरल्यान्डका खेलाडी फ्रेंक लाप्रेले नेपालका विष्णुप्रसाद गैह्रेलाई ६-०, ६-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। त्यस्तै कृष्णराज घलले भारतका दिगम्बर रावतलाई ६-१, ६-० को सेटमा पराजित गरे।

यसअघि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रतियोगिता उद्घाटन गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.