पोखरा प्रिमियर लिग : सात खेलाडीलाई जनही दुई लाख ५० हजार

पोखरा प्रिमियर लिग : सात खेलाडीलाई जनही दुई लाख ५० हजार

काठमाडौं : पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताका लागि आइतबार काठमाडौंमा भएको अक्सनमा सातजना खेलाडीमाथि दुई लाख ५० हजार रुपैयाँको बोली लागेको छ। अक्सनमा सहभागी एक सय ७९ खेलाडीमध्ये सागर पुन, अनिलकुमार साह, करण केसी, मोहम्मदआरिफ शेख, वसन्त रेग्मी, राहितकुमार पौडेल र विनोद भण्डारीमाथि जनही दुई लाख ५० हजार रुपैयाँको बोली लागेको हो।

पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजले सबैभन्दा बढी तीनजना खेलाडीलाई जनही दुई लाख ५० हजारमा भित्र्याएको छ। सर्वाधिक रकममा चितवन राइनोजमा आबद्ध हुने खेलाडी अनिल, करण र आरिफ शेख हुन्। शरद भेषावकर मार्की प्लेयर रहेको पोखरा पल्टनले पनि दुईजना खेलाडीका लागि जनही दुई लाख ५० हजार रुपैयाँ खर्चियो। पोखरा पल्टनमा आबद्ध हुने खेलाडी रोहित र विनोद हुन्।

यसैगरी सोमपाल कामी मार्की प्लेयर रहेको बुटवल ब्लास्टर्सले पनि सागरका लागि दुई लाख ५० हजार रुपैयाँ खर्चियो भने ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौं रोयल्सले वसन्तलाई पनि सोही रकममा आबद्ध गर्‍यो। सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर टाइटन्सले भने प्रदीप ऐरीका लागि सर्वाधिक दुई लाख ४० हजार रुपैयाँ खर्चियो।

दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर रहेको धनगढी ब्लुजले पनि दिलीप नाथका लागि सर्वाधिक दुई लाख ४० हजार रुपैयाँ खर्चियो। राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी शक्तिप्रसाद गौचन दुई लाख १० हजार रुपैयाँमा चितवन राइनोजमा आबद्ध भए भने सुनील धमलाका लागि विराटनगर टाइटन्सले दुई लाख २० हजार रुपैयाँमा बोली लगायो। नरेश बुढाऐर भने दुई लाख ३० हजार रुपैयाँमा काठमाडौं रोयल्समा आबद्ध भए।

विराटनगर टाइटन्सले १२ जना खेलाडी खरिद गर्न सम्पूर्ण १३ लाख रुपैयाँ सिध्याएको छ। विराटनगरले साहब आलम र राजेश पुलामीका लागि जनही एक लाख ५० हजार रुपैयाँ खर्चियो। बुटबल ब्लास्टर्सले १३ जना खेलाडीका लागि १२ लाख ९० हजार रुपैयाँ खर्चियो। बुटवलले ललित भण्डारीका लागि दुई लाख, सिद्धान्त लोहनीका लागि एक लाख ६० हजार र भीम सार्कीका लागि एक लाख ५० हजार रुपैयाँ लगानी गर्‍यो।

यसैगरी चितवन राइनोजले १० खेलाडीका लागि १४ लाख ९० हजार रुपैयाँ खर्चियो। चितवनले भुवन कार्कीलाई एक लाख ५० हजार रुपैयाँमा किन्यो। धनगढी ब्लुजले १३ खेलाडीका लागि १२ लाख रुपैयाँ खर्चियो। धनगढीले कमलसिंह ऐरीका लागि एक लाख ५० हजार र सागर ढकालका लागि एक लाख ३० हजार रुपैयाँ लगानी गर्‍यो।

काठमाडौं रोयल्सले १० खेलाडीका लागि १२ लाख ८० हजार रुपैयाँ खर्चियो। काठमाडौंले पवन सर्राफ, सुसन भारी र अमित श्रेष्ठमाथि जनही एक लाख ५० हजार रुपैयाँको बोली लगायो। पोखरा पल्टनले ११ जना खेलाडीका लागि १२ लाख ९० हजार रुपैयाँ लगानी गर्‍यो। पोखराले मेहबुब आलमलाई एक लाख ६० हजार रुपैयाँमा किन्यो। कुशल भुर्तेलका लागि पोखराले एक लाख ५० हजार रुपैयाँ खर्चियो। पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा सञ्चालन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.