एनभीए महिला भलिबल : दुई पुलिस सेमीफाइलनमा

एनभीए महिला भलिबल : दुई पुलिस सेमीफाइलनमा

काठमाडौं : विभागीय टोलीहरू एपीएफ र नेपाल पुलिस क्लब आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन्। सोमबार भएको समूहगत चरणको अन्तिम खेलमा एपीएफले पोखरा पिंकेजलाई पराजित गरेसँगै दुवै पुलिस टोली प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपीएफले पोखरा पिंकेजलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। एपीएफले पोखराविरुद्ध २५-१३, २५-११, २५-१५ ले जित निकालेको थियो। यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ।

समूह बीबाट दुईमध्ये दुवै खेलमा जित हात पारेको एपीएफ विजेता तथा एक खेलमा जित हात पारेको पुलिस उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको छ। यस्तै समूह एबाट चितवन टाइगर्स विजेता र न्यु डायमन्ड क्लब उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको छ। सोमबार नै भएको खेलमा न्यु डायमन्डलाई २५-१९, २७-२९, २५-१९, २८-२६ ले पराजित गर्दै चितवन समूह एको विजेता टोली बनेको हो।

सेमिफाइनलमा समूह एको विजेता टोली चितवन टाइगर्सले समूह बीको उपविजेता टोली नेपाल पुलिस क्लब र समूह एको उपविजेता टोली न्यु डायमन्डले समूह बीको विजेता टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली भलिबल इतिहासमै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिताको विजेता टोलीले ६ लाख प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टोलीले तीन लाख तथा तेस्रो हुने टोलीले एक लाख ५० हजार प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजारबाट सम्मानित हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.