टी–२० वल्र्डकप क्वालिफायरमा म्यानमारलार्इ नेपालले हरायाे

टी–२० वल्र्डकप क्वालिफायरमा म्यानमारलार्इ नेपालले हरायाे

काठमाडौँ : अष्ट्रेलियामा सन् २०२० मा हुने टी–२० विश्वकपको एसिया रिजनल छनोट चरणको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियामा आज सुरु पहिलो चरणको छनोट खेलमा नेपालले पाएको ३० रनको झिनो लक्ष्य ३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि करण केसीले नटआउट १४ रन जोडे भने अनिल शाहलले ११ रन बनाए ।

बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए । उनले २ ओभर बलिङ गर्दै ३ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै ललित राजवंशीले ३ विकेट तथा ललित भण्डारी र करण केसीले १/१ विकेट लिएका थिए ।

तुलनात्मक रूपमा कमजोर मानिएको म्यानमारका साइ वाइ र पाइङ दानुले नेपालको १/१ विकेट झारे । समूह बी मा मलेसिया, भुटान, नेपाल, सिंगापुर, चीन र थाइल्याण्डर छन् । यीमध्ये शीर्ष तीनमा रहने टीम अर्को चरणमा प्रवेश गर्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.