मलामी बोकेको जीप दुर्घटना, ६ घाइते
पाल्पा : बगनासकाली गाउँपालिका- ८ बराङ्दीबाट मलामी बोकेर राम्दीतर्फ जाँदै गरेको लु १ ज २०५० नम्बरको जीप बुधबार दिउँसो बराङ्दीकै कच्ची सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
घाइते हुनेमा बगनासकाली- ८ का चालक ४५ वर्षीय टोपराज बस्याल, सोही ठाउँका ४५ वर्षीय लक्ष्मण घिमिरे, ३८ वर्षीया सिता घिमिरे, ३७ वर्षीय भरत घिमिरे, ३० वर्षीय कालीराज घिमिरे र १२ वर्षीय किरण घिमिरे रहेका छन्।
जीपमा १४ जना सवारी भएपनि ८ जनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। जीप सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।