नाङ्लोले धानेको डाँडाखर्क

नाङ्लोले धानेको डाँडाखर्क

ओखलढुंगा : ओखलढुंगाको सदरमुकाम छेउमै रहेको एक गाउँका बासिन्दा सबै नाङ्लो बनाउने पेसामा आबद्ध छन्। सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुस्थित डाँडाखर्कका ८५ घर परिवारको पेसा नै नाङ्लो बुन्ने हो। यही पेसाबाट यहाँका ८५ परिवारको जीवीकोपार्जन चलेको छ। अधिकांश जनजाति समुदाय रहेको गाउँमा राई, शेर्पा, तामाङ र एकाध घर क्षेत्री समुदायको बसोबास छ।

गाउँघरमा नाङ्लो बुन्न चोयाका लागि उपयुक्त प्रकारको बाँस अभाव भए पनि किनेरै उनीहरूले आफ्नो पेसा चलाइरहेका छन्। ‘खाद्यन्नका लागि मात्रै हो, आय आर्जनका बाटो त यही काम हो’, नाङ्लो बुन्दै आएका जीतबहादुर राईले भने। गाउँमा चोया काट्ने बाँस अभाव हुँदा उनीहरू रुम्जाटर र सानीटारबाट किनेर ल्याँछन्। एक सय रुपैयाँका बाँसबाट पाँच वटासम्म नाङ्ला बुन्न सकिने उनले बताए। अहिले स्थानीय बजारमा नाङ्लो प्रतिगोटा तीन सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

बजारमा बाँसको नाङ्लाको माग उच्च रहेको नाङ्लो व्यापारी आइमन राईले बताए। बजारमा प्लास्टिकको नाङ्लो पाइए पनि टिकाउ नहुने भएकाले प्रयोगकर्ता बाँसकै किन्न रुचाउँछन्। यसको व्यापार सदरमुकाम ओखलढुंगा र रुम्जाटारका हाटमा हुने गर्छ। व्यापारी राईले भने, ‘अहिले याहाँका मानिसले बुनेका नाङ्लो बजारमा पुर्याउँदैमा सकिन्छ, ठेकेदारले पनि ठेगेर बेच्ने गर्छन्।’ नाङ्लोबाट राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ।

जागिर खाने, व्यपार गर्न नसक्नेका लागि यो नै उत्तम विकल्प भएको स्थानीयको बुझाइ छ। डाँडाखर्कका किसानका घरैमा ठेकेदार गएर नाङ्लो किन्ने गरेका छन्। यहाँका स्थानीयले पुर्खादेखि नै नाङ्लो बुन्ने पेसाले जीविकोपार्जन गर्दै आएका छन्। बालबच्चा बढाउन र परिवारमा खर्च गर्न नाङ्लो नै यहाँका स्थानीयको सहारा हो। व्यवसायिक रुपमा तालिम पाए प्रोत्साहन मिल्ने उनीहरूको भनाइ छ।

नाङ्ला पछिल्लो समय ठेकेदारले घरघरमै आएर उठाउने गरेकाले गाँउमा समेत छिटपुट किन्न मुस्किल हुने स्थानीय शिक्षक रबिन राजभन्डारीले बताए। ‘अहिले त याहाँ नाङलो पाउनै मुस्किल छ, ठेकेदारले पहिले नै बुक गरेर गएको हुन्छ’, उनले भने। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले योजना बनाएको सिद्धिचरणका मेयर मोहन श्रेष्ठले बताए। किसानले भने अहिलेसम्म सरकारी सुविधा नपाएको गुनासो गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.