ओखलढुंगा - रामपुर सडक निर्माण तीव्र

ओखलढुंगा - रामपुर सडक निर्माण तीव्र

ओखलढुंगा : सदरमुकाम ओखलढुंगालाई पश्चिमी भेगसँग जोड्ने एक मात्र सडक ओखलढुंगा–रामपुर–लप्सेखोला सडक कालोपत्रेको काम सुरु भएको छ। नेपाल सरकार, भूकम्प आपतकालीन परियोजनाअन्र्तगत उक्त सडक कालोपत्रेको काम सुरु भएको हो। यो परियोजना अन्तरगत सिद्धिचरण नगरपालिकाबाट मोलुङ गाउँपालिका २ रामपुरसम्म कालोपत्रे र रामपुरदेखि हर्कपुर लप्सेसम्म ग्राभेल गर्ने गरी ठेक्का लागी काम सुरु भएको आयोजनाका इन्जिनियर सरोज केसीले बताए।

सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाबाट गौरी पार्वती निर्माण सेवा छनोट भएको हो। पहिलो चरणमा सडक चौडा पार्ने काम थालिएको इन्जिनियर केसीले बताए। नेपाल सरकारको परियोजना भएकालेले प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा भने नपाउने भएका छन्। दाताको पैसामा मुआब्जासहित ओखलढुंगा–रुम्जाटार सडकको भने काम भइरहेको छ।

यो सडकको रामपुरसम्म १६ किलोमिटर डीबीएसटी कालोपत्रे हुनेछ। सडकको चौडाइ ६.२५ मिटर हुनेछ। यसमध्ये ३.७५ मिटर डीबीएसटी र दायाँबायाँको १.५ मिटर सोल्जर गरिने केसीले जानकारी दिए। अर्को खण्ड रामपुर लप्सेखोलासम्म ७.६२ किमि भने ग्राभेल गरिनेछ। यसका लागि तीन ठाउँबाट बाटो फराकिलो पारेर बेस निर्माणको काम सुरु भएको छ। ०७५ असारमा सम्झौता भएको उक्त सडक सम्पन्न गर्ने अवधि ५ सय ४० दिन अर्थात् १८ महिना छ। भ्याटसहित सम्झौता रकम २९ करोड ९९ लाख ६० हजार छ।

सडकले चालु अवस्थामा रहेको रडकको मध्य भागबाट दायाँबायाँ ५÷५ मिटरसम्म स्थानीयको जग्गा उपयोग गर्नेछ। यसबापत स्थानीयको घरजग्गा नै परे पनि कुनै क्षतिपूर्ति पाउने छैनन्। यस्तै अर्को सडकमा मुआब्जा दिए पनि यो सडकमा मुआब्जा नदिइने भएपछि स्थानीय आक्रोशित बनेका छन्। सहजीकरणका लागि जनप्रतिनिधिहरूसँग समन्वय भइरहेको इन्जिनियर केसीले बताए।

सडक कालोपत्रे भएपछि ओखलढुंगाको पश्चिमी क्षेत्र चम्पादेवी, लिखुलगायत स्थानीयलाई सदरमुकाम आवतजावतमा थप सहज हुनेछ। यसले साँघुटार–घोराखोरी–ओखलढुंगा सडकलाई समेत जोड्ने भएकाले चासोका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.