चाडवाड नजिकिँदा बजार अनुगमन

चाडवाड नजिकिँदा बजार अनुगमन

जाजरकोट : चाडवाड नजिकिँदै गर्दा जिल्ला प्रशासनले सदरमुकाम खलंगामा बजार अनुगमन सुरु गरेको छ । चाडवाडमा अनियमितता हुनसक्ने भन्दै प्रशासनले यहाँका पसल र सार्वजनिक सवारीमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा धेरैजसो पसल दर्ता बिना नै संचालन भएको भेटिएको छ । सदरमुकामका ५० ओटा पसलमध्ये ४० पसल दर्ता विना संचालन भइरहेको पाइएको हो ।

विना दर्ता पसल संचालन, मूल्य सूची नटासिने लगायत समस्या देखिएपछि प्रशासनले दर्ता गर्ने, मूल्य टाँस्ने भन्दै निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय र उद्योग वाणिज्य संघका प्रतिनिधि समेत थिए । दर्ता नगरिएका पसललाई एक हप्ताभित्रै दर्ता गर्न प्रशासनले अल्टिमेटम दिएको छ । उक्त अवधीभित्र पसल दर्ता प्रक्रियामा नआए बन्द गरिने चेतावनी पनि दिइएको छ ।

पसल अनुगमनका क्रममा म्याद नाघेका उपभोग्य वस्तु समेत फेला परेका थिए । साथै म्याद गुज्रेका पानीका बोतल, कोक, फ्यान्टा, चिप्स, कुरमुरे लगायत सामान बरामद गरी नष्ट गरिएको बताइएको छ ।

सवारी साधनमा पनि भएको अनुगमनमा क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने ११ वटा सवारी साधनलाई नियम उल्लंघन गरेको भन्दै त्यसो नगर्न सचेत गराइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.