वडाध्यक्षको हस्ताक्षर किर्ते

वडाध्यक्षको हस्ताक्षर किर्ते

जाजरकोट : नलगाड नगरपालिका–७ दल्ली र काँडादल्लीस्थित एक व्यक्तिको नाममा रहेको करिब २० रोपनी जग्गा अर्कै व्यक्तिलाई नामसारी गर्ने क्रममा वडाध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरिएको खुलेको छ । स्थानीय नरत्तम गिरीको नाममा रहेको जग्गा भतिजा नाता पर्ने भानुभक्तले केही समयपहिले आफ्नो नाममा ल्याएका थिए ।

नामसारी गर्ने क्रममा गाउँ सर्जिमिन मुचुल्का र सिफारिसमा नलगाड–७ का वडाध्यक्ष अर्जुनबहादुर सिंहको नक्कली हस्ताक्षर मालपोत कार्यालयमा पेस गरिएको खुलेको हो । वडाध्यक्ष सिंहले प्रेस विज्ञप्ति जारी गरी असोज १० गते मिलेमतोमा जग्गा नामसारी शीर्षकमा अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोेग गरी वडासदस्य शेरबहादुर नाथले मेरो किर्ते हस्ताक्षर गरेर मालपोतबाट जग्गा नामसारी गरेको पाइयो ।

समाचार प्रकाशन भएपछि मात्र उक्त कुराको जानकारी पाएँ’, उनले भने, ‘सबै नक्कली कागजात पेस गरिएको रहेछ । त्यस कार्यमा मेरो कुनै संलग्नता छैन ।’ सिफारिसको हस्ताक्षर र प्रेस विज्ञप्तिको सिफारिस मिल्दैन । जग्गाधनी नरत्तम गिरी लामो समयदेखि भारतमा बस्दै आएका छन् । तत्कालीन माओवादी द्वन्द्वका बेला भतिजा नाता पर्ने भानुभक्तलाई घरजग्गा हेरिदिनू, बाली लगाएर खानू भनेर सपरिवार भारत गएका थिए । २२ वर्षअघि भारत छिरेका उनी त्यसयता तीन पटक घरमा आएर आफन्तलाई भेटेर फर्किएका थिए । तर, अहिले सम्पर्कविहीन छन् । गिरीका श्रीमती, एक छोरा र एक छोरी भारतमै छन् ।

उनी लामो समयसम्म नफर्केको मौका छोपी उक्त जग्गा भानुभक्तले वडासदस्य नाथसँगको मिलेमतोमा केही दिनअघि आफ्नो नाममा नामसारी गरेका हुन् । उनले साविकको खगेनकोट गाविस–१ मा रहेको २९१, ३२१ र ३२३ कित्ता तथा वडा नम्बर २ मा रहेको १३२ नम्बर कित्ता रहेको २० रोपनी तीन आना तीन पैसा जग्गा आफ्नो नाममा ल्याएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख छ । आफ्नो नाममा जग्गा ल्याएलगत्तै गिरीले कित्ता नम्बर ३२१ को जग्गा बुहारी माया गिरी र वडासदस्य शेरबहादुर नाथलाई एक/एक रोपनी रजिस्ट्रेसन पास गरिदिएका छन् ।

जग्गाधनी नरत्तम लामो समयदेखि बेपत्ता भएको र सबैभन्दा नजिकको नातेदार आफैं भएको दाबी गर्दै भानुभक्तले वडा कार्यालयको सर्जिमिन मुचुल्कासमेत पेस गरेका छन् । मालपोत कार्यालयका प्रमुख अभिबहादुर गिरीले वडा कार्यालयको सिफारिस र गाउँ सर्जिमिन मुचुल्काका आधारमा पछि जग्गाधनी सम्पर्कमा आए जग्गा फिर्ता गर्ने गरी नामसारी गरिदिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.