संघीयताले व्यापार विकेन्द्रित

संघीयताले व्यापार विकेन्द्रित

फिदिम : दसैं नजिकिँदासमेत पाँचथर सदरमुकाम फिदिमका व्यापारीले राम्रो व्यापार गर्न सकेका छैनन्। व्यापारमा मन्दी कायमै छ। उनीहरू भन्छन्, ‘संघीयताले व्यापारलाई पनि विकेन्द्रित गर्‍यो।’ दसैंको मुखमा उत्कर्षमा पुग्ने जिल्ला सदरमुकाम फिदिमको व्यापारमा सुधार नभएपछि व्यापारीहरू तिलमिलाउन थालेका छन्। ‘दसैंको मुखमा लाखौंको कपडा बिक्री गर्थें’, फिदिमस्थित गणतन्त्र चोकका कपडा व्यापारी भरत अधिकारीले भने, ‘संघीयताले व्यापार विकेन्द्रित भयो।’

सदरमुकाममा मात्र सीमिति व्यापार अहिले पाँचथरको गाउँगाउँसम्म फैलिएको छ। प्रत्येक स्थानीय तहमा बजार विस्तार भएका छन्। गाउँमै बजार विस्तार भएपछि फिदिम बजारको एकाधिकार तोडिएको छ। ‘व्यापारमा पनि संघीयता आएको छ’, ठाडो लाइनका व्यापारी नरेन्द्र अधिकारीले भने, ‘पहिलेजस्तो फिदिम बजारमा व्यापार छैन।’

संघीयता कार्यान्वयन भएसँगै गाउँका बजार फस्टाउन थालेका हुन्। गाउँसम्म सडक विस्तार र संघीयता कार्यान्वयन एकैसाथ भएकाले गाउँसम्म बजार र व्यापार फैलिएको हो। जसले व्यापारमा फिदिम बजारका व्यापारीको एकाधिकार तोडिएको हो। गाउँका व्यापारीले विर्तामोडदेखि सोझै सामान खरिद गरी गाउँसम्म पुर्‍याउन थालेका छन्। जिल्ला बाहिरबाटै सोझै गाउँका व्यापारीले कारोबार गर्न थालेपछि फिदिमको बजार विकेन्द्रित भएको हो।

‘चाडपर्वमा लाखौंको कारोबार हुन्थ्यो’, पाँचथर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मित्रप्रसाद काफ्लले भने, ‘यो साल व्यापार फस्टाउन सकेको छैनन्। संघीयताले यहाँको व्यापारलाई विकेन्द्रित गरेको छ।’ कपडा, खाद्यान्नलगायत मानवीय आवश्यकतामा आधारित वस्तुको कारोबार गाउँबाटै हुन थालेपछि फिदिमको व्यापार विकेन्द्रित भएको हो।

व्यापार विकेन्द्रित भएपछि फिदिमका व्यापारी वैकल्पिक ठाउँको खोजीमा जुटेका छन्। दसैंको मुखमा करोडौंको कारोबार हुने फिदिम बजारका व्यापारीले लाख रुपैयाँमा पनि व्यापार गर्न सकेका छैनन्।  ‘अब स्थानीय तहलाई केन्द्रित गरेर व्यापार गर्न जरुरी छ’, अधिकारीले भने, ‘व्यापारलाई पनि संघीयताको मोडेलमा लगिएन भने व्यापारबाट उक्सिन सकिँदैन।’  फिदिमसहित पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमका सदरमुकामकेन्द्रित बजार संघीयता कार्यान्वयन भएसँगै विकेन्द्रित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.