ओखलढुंगामा एक हप्तादेखि विद्युत अवरुद्ध

ओखलढुंगामा एक हप्तादेखि विद्युत अवरुद्ध

ओखलढुंगा : ओखलढुंगा सदरमुकाममा एक हप्तादेखि अवरुद्ध विद्युत अझै सुचारु हुन सकेको छैन । विद्युत अवरुद्ध भएपछि सरकारी तथा निजी क्षेत्रका कार्यालयको काम प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सिद्धिचरण नगरपालिका–११ स्थित गोरुमारे भञ्ज्याङमा रहेको सव स्टेशनमा रहेका ट्रान्सफर्मर बिग्रिएपछि ३३ केभी प्रशारण लाइन अवरुद्ध भएको हो । हाई भोल्टेजले ट्रान्सफर्मर पड्किएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।

ट्रान्सफर्मर पड्किएपछि खोटाङको बुइपा हुँदै ओखलढुंगा आउने र मोलुङ खोलामा उत्पादित विद्युत प्रशारणमा अवरोध पुगेको हो । शवस्टेशनमा ट्रान्सफर्मर नभएपछि मोलुङ खोलामा उत्पादित विद्युत समेत वितरण हुन सकेन । विद्युत नहुँदा बैंकिङ कारोबार, सरकारी सेवा तथा जिल्लामा नियमित प्रशारणमा रहेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी बढी प्रभावित बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.