माथिल्लो डोल्पामा पहिलो झोलुङ्गे पुल, अब बगाउँदैन भेरीले

माथिल्लो डोल्पामा पहिलो झोलुङ्गे पुल, अब बगाउँदैन भेरीले

दुनै,डोल्पा : हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा झोलुङ्गे पुल बन्दा स्थानीयको खुसीले गदगद भएका छन् । शे–फोक्सुण्डो गाँउपालिकाको साल्दाङ्ग किराथाङमा पहिलो पटक झोलुङ्गे पुल बनेपछि स्थानीयको खुसीले रमाएका हुन् । 

साबिकको साल्दाङ गाविस साल्दाङ–३ मा पर्ने किराथाङ खोलामाथि कुल ४० लाख लागदमा ११५ मिटरको पुल निर्माण गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टासिटुण्डुप गुरुङले जानकारी दिए । उनले भने, ‘सदियौँँको भेरी तरेर काममा जानु पर्ने दु:खका दिन गए ।’  

करिब २ वर्षमा पहिलो पटक झोलुङ्गे पुल निर्माण भएपछि क्याप्जे जिग्मे ठ्रोग्याल रिम्पोछेले पूजापाठ गरेर झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । हरेक साल बर्षायाममा भेरी तरेर स्थानीयले ज्यान गुमाउनु परेको स्मरण गर्दै गुरु रिम्पोछेले पूजा गरी पुलको उद्घाटन गरेको वडा नम्बर ४ का अध्यक्ष पेमावाङ्जेन लामाले जानकारी दिए । 

नेपाल सरकार पुल तथा झोलुङ्गे पुल डिभिजन कार्यालयले २ वर्ष लगाएर निर्माण गरेको पुलले साबिकको साल्दाङ गाविसको कोमास, तिन्जे लगाउत विश्वको उच्च मानवबस्ती रहेको धो उपत्यकालाई जोड्ने जानकारी दिएको छ । 

भेरी छिचोल्दै नेपालकै बस्ती र तिब्बतको जोखिमपूर्ण यात्रा गर्न बाध्य भोटबासीका लागि झोलुङ्गे पुलले खुसी ल्याएको छिरिङटासी लामाले बताए । उनले भने, ‘हरेक बर्ष चौरी गोठाला र अन्यको ज्यान जान्थ्यो । पुस्तौपछि बनेको यो पुलले चौरी गोठाला र भोटबासीको ज्यान जोगाउने भयो, सरकारलाई धन्यवाद ।’

यो पुलले माथिल्लो डोल्पाका स्थानीयलाई मात्रै नभइ पर्यटकलाईसमेत सहज भएको छ । ‘वर्षायाममा भेरी बढेर तर्न नसकिने तथा हिउँदमा चिसोेले समस्या हुन्थ्यो’, पर्यटन व्यवसायी नुर्बु लामाले भने, ‘पुल बनेपछि ढुक्को यात्रा गर्न पाइएको छ । अब माथिल्लो डोल्पामा पर्यटक भित्र्याउने बाटो पनि खुल्यो, अझै, दर्जनौ खोला र नदीमा पुल हाल्न बाँकी छ ।’

यसै वर्ष मात्र भेरीमै एक याक गोठालाको तिब्बतबाट घर फर्किने क्रममा बगाएर मृत्यु भएको थियो । हरेक वर्ष गोठाला गुमाएको पीडा सम्झीदै टसिग्याल्छेन गुरुङ भक्कानिए । उनी भन्छन्, ‘हरेक वर्ष कोही न कोहीले ज्यान त गुमाउनु पर्थ्यो अब ती दिन सम्झन पनि मन छैन ।’

यस बर्ष मात्र माथिल्लो डोल्पाका ३ गाँउपालिकाका एक दर्जन भन्दा धेरै काठेपुल बगेकाले जोखिमपूर्ण अवस्था छ । छिटो भन्दा छिटो झोलुङ्गे पुल निर्माण गरिदिन भोटवासीले सरकारसँग आग्रह गरेका छन् । तर माथिल्लो डोल्पामा ढुवानी गर्न कठिन भएकाले सरकारले चासो नदिने गरेको नगारिकको आरोप छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.