ब्राजिल र पेरु विजयी

ब्राजिल र पेरु विजयी

रियाद : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र पेरु विजयी भएका छन्। साउदी अरबमा शनिबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोली साउदी अरबलाई २-० गोलले हरायो। अर्को खेलमा पेरुले चिलीलाई ३-० गोलले पराजित गर्‍यो।

पाँच पटकको विश्वकप विजेता ब्राजिलले साउदीमाथि रवाफिलो प्रदर्शन गरेको थियो। खेलको सुरुआतदेखि नै साउदीमाथि आक्रमण बुनेको ब्राजिलका लागि गाब्रियल जिसस र एलेक्स सान्ड्रोले गोल गरे। ब्राजिलको जितमा जिससले ४४औं मिनेटमा पोस्ट छेउबाट गोल गरे। उनले नयमारको पासमा गोल गरेका थिए। 

ब्राजिलका लागि अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा सान्ड्रोले थपेका थिए। उनले नेयमारको कर्नर पासमा गोल गरेका थिए। खेलको अन्तिम समयमा साउदी १० खेलाडीमा समेटिएको थियो। साउदीका गोलरक्षक अब्दुल लाजिजले डीबक्स बाहिर आएर बल समातेपछि उनी रातो कार्ड पाउँदै बाहिरिएका थिए। ब्राजिलले अर्को मैत्रीपूर्ण खेल मंगलबार अर्जेन्टिनासँग खेल्नेछ।

यसैगरी शनिबार भएको अर्को एकपक्षीय खेलमा पेरुले ६४औं मिनेटमा चिलीको आत्मघाती गोल सहयोगमा सुरुआती अग्रता लिएको थियो। बल बचाउने क्रममा चिलीका इन्जो रोकोको प्रहारले आत्मघाती गोलको बाटो लिएको थियो। त्यसपछि लयमा देखिएको पेरुका लागि पेड्रो एक्विनोले ७५औं र ८६औं मिनेटमा दुई गोल थप्दै टोलीको जित सहज बनाएका थिए।

 अर्को खेलमा जापानले पानामालाई ३-० गोलले हराएको छ। जापानका लागि टाकुमी मिनामिनोले ४२ औं मिनेटमा खाता खोले। दोस्रो गोल ६६औं मिनेटमा जुन्या इटोले थपेका थिए। ८५औं मिनेटमा पानामाका हारोल्ड कुमिङको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो। अन्य अन्तर्राष्ट्रिय खेलमा दक्षिण कोरियाले उरुग्वेलाई २-१, सिंगापुरले मंगोलियालाई २-०, मलेसियाले श्रीलंकालाई ४-१ र कतारले इक्वेडरलाई ४-३ गोलले पराजित गरेको छ। ०००००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.