सिसिटिभीको सहायतामा चोर पक्राउ

सिसिटिभीको सहायतामा चोर पक्राउ

कालिकोट : सदरमुकाम मान्म बजारमा स्थानीय पसलेको सुन र नगद सहितको झोला चोरी गर्ने तीन जनालाई प्रहरीले सिसिटिभीको सहायतामा पक्राउ गरेको छ ।

सिसिटिभीको भिडियोको आधारमा चोर पक्राउ गरिएको जिल्लामै यो पहिलो घटना हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको पहलमा सिसिटिभी जडान गरिएको एक सातामै शनिबार पक्राउ गरिएको हो ।

झोला चोरी गरी सुर्खेत तर्फ जाँदै गरेका तीन जना अशोक चौधरी, दिनेश चौधरी र रमेश चौधरी पक्राउ परेका हुन् । शनिबार बिहान ६ बजेपछि मान्म बजारमा स्थानीय व्यापारी रिताकुमारी शाहीको पसलअघिबाटै उनको झोला चोरी भएको हो ।

पसले शाहीले पसलअघि राखेको झोला करिब ३ घण्टापछि नभेटिएपछि प्रहरीकहाँ उजुरी दिइन् । प्रहरीले साँझ सिसिटिभीको फूटेज हेर्दा झेला लिएर गएका मान्छेहरु गाडी चडेर सुर्खेत तिर गएको देखियोे ।

तत्काल दैलेखको राकममा रहेको प्रहरी चौकीललाई खबर गरी झोला लिएर जाने व्यक्तिहरु पक्राउ गरी कालिकोट ल्याइएको हो । दाङ घर भइ कालिकोटमा काम गर्दै आएका अशोक, दिनेश र रमेशलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

झोला हराएकी रिता शाहीले झोलामा भएका नगद र सुन नभेटिएको दावी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरिराखेको हो । मान्ममा प्रहरीले सिसिटिभीको प्रयोग गरी दसैंको लागि बजार सुरक्षा अनुगमन गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.