कालिकोटमा पहिलो पटक सशस्त्र प्रहरी

कालिकोटमा पहिलो पटक सशस्त्र प्रहरी

कालिकोेट : कालिकोट जिल्लामा पहिलो पटक स्थायी सशस्त्र प्रहरीको गण स्थापना भएको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय भएसँगै पहिलो पटक सशस्त्र प्रहरीको गण स्थापना भएको हो । 

केही दिन अगाडि मात्र कालिकोट आएको ५३ जनाको सशस्त्र प्रहरीको फौजलाई साविकको महिला तथा बालबालिका कार्यालयमा अस्थायी कार्यालयका रुपमा गणलाई राखिएको हो ।

आइतबार जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्मासहित प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पहिलो पटक जिल्लामा बसेको सशस्त्र प्रहरीको गणको निरीक्षण गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी कार्कीले गणको निरीक्षणका क्रममा नागरिकको माग अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरी पठाउदा चालु आर्थिक वर्षदेखि स्थायी रुपमा सशस्त्र प्रहरी गण स्थापना भएको जानकारी दिए । 

उनले जिल्लाको शान्ति, सुरक्षा र भविष्यमा हुनसक्ने दैवी प्रकोप नियन्त्रणका लागि सशस्त्र प्रहरीको गण आएसँगै सुरक्षा थप राम्रो भएको बताए ।
 
कालिकोट जिल्ला बाढी, पहिरो लगायतका दैवी प्रकोपका हिसाबले पनि उच्च जोखिमयुक्त जिल्ला रहेको बताउदै प्रमुख जिल्ला अधिकारी कार्कीले दैवी प्रकोपको समयमा खोज तथा उद्धार कार्यका लागि पनि सहयोग पुग्ने बताए ।

सशस्त्र प्रहरी गण कालिकोटका प्रमुख डीएसपी गौतमलाल योनजोनले आफूहरु तत्काल ५३ जनाको टोली कालिकोटमा आएको जानकारी दिए । उनले गणमा कुल १ सय २० जनाको फौज भएपनि दसैं लगत्तै थप जनशक्ति आइपुग्ने जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.