केन्द्रले कर्मचारी नपठाएपछि आफैँ नियुक्त गर्दै प्रदेश सरकार

केन्द्रले कर्मचारी नपठाएपछि आफैँ नियुक्त गर्दै प्रदेश सरकार

सुर्खेत : संघीय सरकारले कर्मचारी नपठाएपछि कर्णाली प्रदेश सरकारले आफैँ कर्मचारी भर्ना गर्ने निर्णय गरेको छ ।

कर्मचारीको अभावमा बजेट कार्यान्वयन हुन नसकेपछि प्रदेश सरकारले अब आफैँ आवश्यक कर्मचारी भर्ना गर्ने भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न नसकेको भन्दै आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले करारमा कर्मचारी भर्ना गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि कर्णालीमा प्रदेश सरकारको विकास बजेटको खर्च शुन्य छ । प्रदेश सरकारका संरचना स्थापना नभएको र कर्मचारी अभावले थप जटिलता पैदा भएको भन्दै प्रदेश सरकारले अब नयाँ कर्मचारी भर्ना गरेर बजेट कार्यान्वयन गर्ने निर्णय गरेको बताएको छ ।

बजेट कार्यान्वयनका लागि अपुग कर्मचारी करारमा नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवत्तासमेत रहेकी कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । केसीका अनुसार दसैं र तिहार लगत्तै कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढ्ने छ ।

कर्मचारी भर्नापछि बजेट कार्यान्वयनलाई तिव्रता दिने उनको भनाइ छ । प्रदेश सरकारले विषयगत मन्त्रालय र त्यस मातहतका कार्यालयका लागि आवश्यक कर्मचारीको प्रस्ताव पनि तयार पारेको छ ।

सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गराउन भन्दै दुई हजार दुई सय ३३ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको हो । जसमध्ये उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मातहतमा रहने ७८ वटा कार्यालयका लागि सात सय ८९ जना कर्मचारी प्रस्ताव गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय र त्यस मातहतमा रहने ११ वटा कार्यालयका लागि एक सय ८२ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ । मन्त्रालयका लागि एक १२ जना कर्मचारी र प्रदेश लेखा नियन्त्रण कार्यालयका लागि १६ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको हो । प्रदेश सरकारका अनुसार सामाजिक विकास मन्त्रालय र त्यस मातहत रहने कार्यालयका लागि तीन सय चार जना कर्मचारी आवश्य रहेको प्रस्तावमा उल्लेख गरिएको छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस मातहतमा रहने २९ वटा कार्यालयका लागि पाँच सय १७ जना कर्मचारी आवश्यक पर्ने प्रस्ताव गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहत रहने २४ वटा कार्यालयका लागि भने चार सय ४१ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.