पाइन छाडे लिंगे पिङ

पाइन छाडे लिंगे पिङ

जाजरकोट : केही वर्ष अघिसम्म पनि जाजरकोटका विभिन्न गाउँबस्तीमा दशैको अवसरमा जताततै लिंगे पिङ हालिन्थ्यो । केटाकेटी, युवायुवतीदेखी उमेर ढल्केका पनि पिङमै रमाउँथे । तर अचेल गाउँबस्तीमा दसैंको अवसरमा हालिन पिङ देखिन छोडेका छन् ।

सदरमुकामका बजार र बस्तीसंगै दुर्गम गाउँका विकट वस्तीमा पनि  दसैं तिहारका बेला लिङ्गे पिङ र चंगा उडेको मज्जाले देख्न पाइन्थ्यो ।  दसैंको  घटस्थापनासंगै गाउँगाउँमा  लिङ्गे पिङ बनाउन प्रतिस्पर्धा हुने गथ्र्यो । 

युवतीले (तरुनीले) जंगलबाट खर काटेर ल्याउने गर्दथे भने युवा (तन्नेरी) बाँसका लिङ्गा ल्याएर पिङ बनाउने काम गर्थे । पिङले मनोरञ्जनका साथै भाइचारा र संस्कृतिको विकासमा पनि टेवा पुर्याउने काम गर्ने भएपनि उक्त परम्परा हराउँदै गएकोमा भेरी नगरपालिका ३ का ८१ वर्षीय तेजविक्रम शाह चिन्ता व्यक्त गर्छन्। 

‘आज भोलि कतै पनि दसैंका बेला लिंगे पिङ बनाएको र  गाउँमा  रमाइलो गर्दै  रंगीविरंगी चंगा उडाएको  देखिदैन’, उनले भने, ‘सबै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले  पुरानो  मौलिक परम्पराको रुपमा रहेका सबै  चलन विस्तारै  हराउदै गएको छ । युवा पुस्ताले समयमा संरक्षणमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा र संस्कृति लोप भएर जानेछन् ।’  

गाउँमा   चंगा उडाएको, मौलिक   स्थानीय गीतसंगीत र बाजाको  आवाज घन्किएको र  लिंगे पिङ मच्चिएको देखिन छोडेपछि  दसैं तिहार  लगायतका पर्वको रौनक  घट्दै गएको स्थानीय बुढापाकाको भनाइ छ । 

अघिल्लो पुस्ताका  मानिसका  चलन र परम्परालाई नयाँ पुस्ताका  युवाले निरन्तरता नदिँदा  मौलिक चलन ओझेल पर्ने मात्र नभइ  हराउने  खतरा रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाइ छ । उनले  स्थानीय सरकार, युवा र  सर्वसाधारणले  संस्कृति  संरक्षणतर्फ ध्यान नदिएका कारण  हाम्रा चाड पर्व निरस बन्न पुगेको बताए ।  

मुलुकमा संघीयता कार्यन्वयनमा आएपछि झन्  स्थानीय सरकार, समुदाय र युवा पुस्ताले  आफनो कला, संस्कृति, परम्परा र चलनको  संरक्षण गरी  आउने पुस्तामा हस्तान्तरणको  तयारी गर्नुपर्नेमा  आफैंले  भुल्दै गएको  वुढापाकाको गुनासो छ ।  छेडागाड नगरपालिका ७ का शेरबहादुर अधिकारीले पहिले आफूलाई आफनो कला, परम्परा र  चलन जोगाउने  ठूलो चिन्ता भएको तर अहिलका पुस्तामा त्यो  नभएको  बताए ।   

संस्कृति जोगाउँदै नेपाली सेना
जिल्लाका गाउँबस्तीमा लिङ्गे पिङ हराउन थालिसकेका छन् तर नेपाली सेनाले भने संस्कृतिको जगेर्न गर्ने भन्दै दसैंमा लिङ्ग पिङ हाल्ने परम्परालाई निरन्तरता दिएको छ । 

सदरमुका खलंगा स्थित ज्वालादल गणले दशैको अवसर पारेर पिङ हालेको छ । सदरमुकाम आसपास र अन्य गाउँमा पिङ हाल्न छोडेपछि स्थानीय नेपाली सेनाको ब्यारेक भित्र हालिएको पिङ्ग खेल्न जाने गरेका छन् । 

सेनाले हरेक वर्ष ब्यारेक भित्र पिङ हाल्ने गरेको सेनाली निरञ्जन कार्कीले बताए । स्थानीय स्रोत साधन प्रयोग गरेर पिङ हालिएको उनले बताए । दसैं मान्न घर जान नपाएका सेनाका जवान तथा अधिकृतको मनोरञ्जनका साथै संस्कृति जोगाउन पनि पिङ हाल्ने, पूजाआजा गर्ने र ब्यारेक भित्रै टिकाटालो गर्ने गरिएको सेनानी कार्कीको भनाइ छ । उनले कतिपय सर्वसाधारण ब्यारेक भित्र पिङ खेल्न आउने गरेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.