पिएसजीको लगातार १० औं जित : चम्किए एमबाप्पे

पिएसजीको लगातार १० औं जित : चम्किए एमबाप्पे

काठमाडौं : पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वान फुटबलमा लगातार १० औं जित दर्ता गरेको छ। शनिबार रातिको खेलमा एमिनेसलाई ५-० लेपराजित गर्दै पिएसजीले शानदार १० औं जित दर्ता गरेको हो। यो जितसँगै १० खेल खेल्दै शीर्ष स्थानमा रहेको पिएसजीले ३० अंक जोडेको छ।

घलेलु मैदानको खेलमा पिएसजीले शानदार जित दर्ता गरेको हो। पिएसजीले एमिनेसमाथि पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गर्यो। 

स्टार खेलाडी नेइमार, थिएगो सिल्भा बिना मैदान उत्रिएको पिएसजीले शानदार जित निकालेको हो। पिएसजीको जितका लागि एमबाप्पे, राबिओत, ड्रेक्सलर डिएबी र माक्र्वीन्होस्ले गोल गरे।  

१२ औँ मिनेटमा मार्क्वीन्होसलो गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम सयम ४२ औं मिनेटमा राबिओतले गोल गर्दै पिएसजीलाई २-० को अग्रता दिलाए। 

दोस्रो हाफको अन्तिम १० मिनेटअगाडि कुनै गोल हुन सकेन्। तर, खेलको ८०, ८२ र ८७ मिनेटमा पिएसजीले तीन गोल गर्दै खेल ५-० मा पुर्यायो। 

पिएसजीका लागि अन्तिम सात मिनेटमा ड्रेक्सलर, एमबाप्पे र डीएबीले गोल गरे। स्टार स्ट्राइकर एमबाप्पेले यो सिजनका लागि १० खेलमा ११ गोल गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.