ओखलाढुंगामा कन्य च्याउको माग बढ्यो

ओखलाढुंगामा कन्य च्याउको माग बढ्यो

ओखलढुंगाः ओखलढुंगाका बजारमा कन्य च्याउको माग उच्च रहेको छ। साकाहारीको मुख्य रोजाइमा पर्ने च्याउ बजारमा भने उपलब्ध कमै मात्रमा हुने गरेको छ। प्रोटिनलगायतका भिटामिन पाइने भएकाले च्याउ साकाहारी तथा अन्य व्यक्तिका भान्छामा लोकप्रिय तरकारीका रुपमा परिचित छ। 

जिल्लाभित्रका तरकारी बजारमा च्याउ खोज्ने ग्राहक धेरै हुन्छन्। तर, माग अनुसार आपूर्ति नहुँदा महंगोमा च्याउको कारोबार हुने गरेको छ। सदरमुकामका बजारमा प्रति किलो ३ सय देखि ३ सय ५० सम्ममा च्याउको बिक्री हुने गरेको छ। च्याउ उत्पादक किसान कमै मात्र भएकाले राजधानीमा भन्दा दोब्बर महंगोमा ओखलढुंगामा च्याउको कारोबार हुने गरेको सिद्धिचरण नगरपालिकाका कृषि प्राविधिक हेमबहादुर आलेले बताए। 

बजारमा माग उच्च रहेको उनले बताए। च्याउको माग उच्च रहे पनि उत्पादन भने न्यून रहेकाले च्याउले बजारमा राम्रो मूल्य पाइरहेको आलेको भनाइ छ। उनका अनुसार जिल्लाभर नै २५ जना मात्रै व्यवसायिक च्याउ खेति गर्ने किसान रहेकाले आपूर्ति कम हुने गरेको छ। छोटो समयमा राम्रो आम्दानी दिने च्याउको व्यवसायिक खेति गर्न किसानमा चेतना र सीप नहुँदा पनि च्याउ उत्पादक किसान बढ्न सकेका छैनन्।

च्याउका लागि हिउँद राम्रो सिजन भए पनि धेरै ठाउँमा आश्यक कच्चा पदार्थ पराल नपाउने भएकाले किसानले चासो नदिएको कृषि प्राविधिक बताउँछन्। साविकको जिल्ला कृषि विकास कार्यालयले गाउँ गाउँमा पर्याप्त कृषि प्राविधिक खटाउन नसकेपछि गाउँमा व्यवसायिक तरकारी खेति गर्ने किसानको संख्या न्यून छ।

प्राविधक नहुँदा तरकारी लगायउत अन्य खेति समेत वैज्ञानिक तरिकाले उपयुक्त समयमा नहुँदा उत्पादन हरेक वर्ष घट्दो अवस्थामा रहेको छ। विभिन्न संघ संस्था र कार्यालयले यस अघि कन्य च्याउको खेतिसम्बन्धी तालिम चलाए पनि खेति गर्ने किसान छनौट नहुने चिनजान र पहुँचका आधारमा छानिएका व्यक्तिले खेति नगर्दा प्रभावकारी हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.