मृगौला पीडितलाई जापानबाट आर्थिक सहयोग

मृगौला पीडितलाई जापानबाट आर्थिक सहयोग

अछाम : दुबै मृगौलाले काम नगर्ने भएपछि सहयोगको याचना गरेका मंगलसैन नगरपालिका–९ ओलीगाउँ निवासी २६ वर्षीय श्याम रावललाई जापानबाट उपचारको लागि सहयोग प्राप्त भएको छ ।

जापानमा अध्ययनरत अछामका युवाहरुको समुह अछाम सरोकार मञ्च जापानले ५० हजार आर्थिक सहयोग गरेको हो । मंंगलसेन नगरपालिका–९ ओलीगाँउ घर भइ बान्नीगढी जयगढ गाँउपालिका–५ कालिका लिडिमा बस्दै आएका २६ वर्षीय मृगौला पीडित रावलको आर्थिक अभावका कारण उपचारमा हुन सकेको छैन ।

अछाम सरोकार मञ्च जापानका कोषाध्यक्ष रविन रावलले जापानमा रहेका युवाहरुले मिलेर एउटा युवाको ज्यान बचाउन सहयोग गरेको बताए । श्रीमती, एक छोरी, आमा साथ रहेको रावलको परिवारको न्युन आम्दानी छ । युवा उमेरमै मृगौलाले काम नगर्ने भएको तीन वर्ष बितिसक्दा पनि उपचार गर्न नसकेका रावलले थप सहयोगको लागि सहयोगी दाताहरुसँग अनुरोध गरेका थिए ।

तीन वर्षदेखि मृगौलाको डाइलोसिस गर्दै आएका रावलले महंगो उपचार खर्चका कारण दैनिक गुजारा चलाउनै मुस्किल रहेको बताएका छन् । सोमबार एक कार्यक्रमका बीच रावललाई बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले रकम हस्तान्तरण गर्दै व्यक्तिगत सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.