अब आन्तरिक पर्यटकलाई पनि प्रवेश शुल्क

अब आन्तरिक पर्यटकलाई पनि प्रवेश शुल्क

पोखरा : संरक्षण क्षेत्रमा घुम्नको लागि अब आन्तरिक पर्यटकले पनि प्रवेश शुल्क तिर्नु पर्ने भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु, गौरीशंकर लगायतका संरक्षण क्षेत्रमा जान आन्तरिक पर्यटकले पनि अव प्रवेश शुल्क तिर्नु पर्ने भएको हो । अहिलेसम्म संरक्षण क्षेत्रमा घुम्नका लागि विदेशी नागरिकलाई मात्र प्रवेश शुल्क लाग्थ्यो ।

संरक्षण क्षेत्रको भ्रमणमा जाँदा नेपालीका लागि भने प्रवेश शुल्क लाग्दैनथ्यो । गत सोमबारदेखि सरकारले आन्तरिक पर्यटकलाई पनि संरक्षण क्षेत्रमा प्रवेश गर्दा प्रति व्यक्ति १ सय रुपैयाँ प्रवेश शुल्क लाग्ने गरी राजपत्रमा प्रकाशित भएको हो ।

नेपाल सरकारद्धारा प्रकाशित असोज २९ को खण्ड ६८ संख्या ३४ को नेपाल राजपत्र भाग ३ वन तथा वातावरण मन्त्रालयको सूचना ८ बमोजिम संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ को नियम ४१ ले दिएको अधिकार प्रयोग गरी अनुसूची १ मा संसोधन भइ पर्यटन शुल्क बृद्धि भएको हो ।

अब मनाङ, मुस्ताङ, पुनहील लगायतका अन्नपूर्ण संरक्षण क्षेत्रमा जाँदा नेपाली पर्यटकले प्रवेश शुल्कको रुपमा एक सय रुपौयाँ तिर्नु पर्ने छ । मनास्लु, गौरीशंकर लगायतका संरक्षण क्षेत्रमा जाँदा पनि प्रवेश शुल्क सय रुपौयाँ तिर्नु पर्ने छ ।

सरकारले संरक्षण क्षेत्रमा पदयत्रा गर्न, घुम्न जाने विदेशी पर्यटकलाई अहिले लिँदै आएको शुल्कमा पनि बृद्धि गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने विदेशी पर्यटकलाई भ्याट सहित ३ हजार, सार्क राष्ट्रका पर्यटकलाई १ हजार र आन्तरिक पर्यटकलाई प्रवेश शुल्क १ सय लाग्ने संसोधित राजपत्रमा उल्लेख भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पोखराका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए । दश वर्ष मुनीका बालबालिकाका लागि भने प्रवेश शुल्क लाग्ने छैन ।

यसअघि अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्न जाने विदेशी पर्यटकलाई भ्याट बाहेक दुई हजार र सार्क मुलुकका पर्यटलाई भ्याट बाहे २ सय रुपौयाँ प्रवेश शुल्क उठाउँदै आएको थियो । यसरी संरक्षण क्षेत्रमा उठाइएको रकमको मुल्य अभिबृद्धि कर सरकारमा जाने र बाँकी रकम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले) विभिन्न कार्यक्रम मार्फत संरक्षण क्षेत्रमै लगानी गर्दै आएको छ ।

पर्यटन व्यवसायीले भने विदेशी पर्यटकसँग लिँदै आएको शुल्क बृद्धि र आन्तरिक पर्यटकलाई संरक्षण क्षेत्रमा प्रवेश गर्दा शुल्क लगाउने नयाँ नियमको बिरोध गरेका छन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पनि यस्ता निर्णयले प्रभाव पार्ने उनीहरुको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.