कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुन्छ : प्रवक्ता शर्मा

कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुन्छ : प्रवक्ता शर्मा

फिदिम : नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुने बताएका छन्। पाँचथरको फिदिममा पत्रकारहरूसँग प्रवक्ता शर्माले नराम्ररी हार खाएको कांग्रेसको उत्थान नभई कम्यनिस्टको पतन हुने बताएका हुन्।

कम्युनिस्टको नेतृत्वमा रहेको दुई तिहाइको शक्तिशाली सरकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकाले सोचेभन्दा चाँडै बामपन्थीहरू पतन हुन लागेको बताए।

‘अहिलेको सरकारलाई देशको विकास गर्न सबैभन्दा उपयुक्त समय छ,’ शर्माले भने, ‘तर, सरकारले देशको विकास गर्न भन्दा पनि दलीय स्वार्थपूर्ति गर्न लागेकाले जनताबाट तिरस्कृत बन्दै गएको छ।’

दुई तिहाई बहुमत प्राप्त सरकारले पाँच वर्ष नेतृत्व गरेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा शर्माको जोड थियो। ‘सरकारको काम गर्ने ढंग पुगेको छैन,’ उनले भने ‘ढंग पुगेपछि ठेस खानुपर्छ।’ यो सरकाले ठेस खाइसकेको उनको दावी छ।

नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली ओली सरकार, कार्यशैलीको दृष्टिकोणमा इतिहासमै सबैभन्दा निकम्मा सावित भएको शर्माको दावी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.