चाडवाडको बहानामा दोब्बर भाडा असुल्दै व्यवसायी, प्रशासन माैन

चाडवाडको बहानामा दोब्बर भाडा असुल्दै व्यवसायी, प्रशासन माैन

ओखलढुंगा : चाडबाडको बहानामा यहाँका सार्वजनिक सवारीसाधनले मनपरी भाडा असुल्दै आएका छन् । अधिकांश सवारीसाधनले चाडवाडको बेला भन्दै दसैंअघि देखि नै दोब्बर भाडा असुल्दै आएका छन् ।

दुई सय तोकिएको दूरीमा पाँच र सय एक हजार भाडा तोकिएको दूरीका लागि एक हजार पाँच सय भाडा लिँदै आएका छन् । साथै गन्तब्यसम्म सवारी नपुर्याई बस फर्काउने गरेको उपभोक्ताको गुनासो छ ।

अनुगमन गर्ने निकाय तथा स्थानीय प्रशासन भने यसमा मौन छ । यातायात क्षेत्रको लापरवाहीका बारेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा स्थानीय उपभोक्ताले गुनासो गरे पनि अनुगमन र नियमन हुन सकेको छैन ।

‘राजमार्गमा खटिएका प्रहरी र ट्राफिक प्रहरीलाई यातायात व्यवसायीले पैसा दिएर चेकजाँच समेत नगरी छोड्छन्’ एक यात्रु रमेश गुरुङले आक्रोश पोखे । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी राजीव श्रेष्ठले भने अध्ययन गरेर दोषी पाइए कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दसैं मान्न घर आएका यात्रु गन्तब्यमा फर्किन बस तथा जीपमा टिकट नपाएर प्रशासनलाई समस्या सुनाउँदा समेत सुनुवाई नभएपछि स्थानीय उपभोक्ता रुष्ट छन् ।नियमित रुटका सवारीमा यात्रु नअटाएपछि व्यवसायीले रिजर्भमा धमाधम महंगो भाडा असुल्दै सवारी चलाउँदा समेत प्रशासनले कुनै प्रतिक्रिया नदिएको भन्दै केही दिनयता ओखलढुंगाका स्थानीय उपभोक्ता रुष्ट बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.