यू-१५ साफ च्याम्पियन्सिप : माल्दिभ्सविरुद्ध नेपालको चार गोल
काठमाडौं : आजदेखि काठमाडौँमा सुरु अन्डर-१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको नेपालले विजयी सुरुवात गरेको हो । नेपाललाई फराकिलो जित दिलाउने क्रममा खेलको २८औं मिनेटमा पेनाल्टीमार्फत जान लिम्बुले गोल गरे ।
माल्दिभ्सका डिफेण्डरले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई लिम्बुले गोलमा परिणत गरे । त्यसपछि ३८ औं मिनेटमा नेपालले अग्रता बढायो । नामस थापामगरले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गर्दै नेपाललाई पहिलो हाफमा २-० को अग्रता दिलाए।
दोस्रो हाफमा नेपालले दुई गोल थप्यो । नेपालका लागि खेलको ६३ औँ शंशांक बोहोराले तेस्रो गोल गरे । खेलको ७० औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपालको अग्रता ४-० मा पुर्याए । यसअघि बिहीबारै भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २-१ ले हराएको छ।