रारा आउने पर्यटकले शुल्क तिर्नुपर्ने
मुगु : रारा ताल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्ज प्रवेश गरेबापत प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। असोज २९ गते राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार र रारा राष्ट्रिय निकुञ्ज कार्यालयले आन्तरिक तथा बाह्य पर्यटकलाई कात्तिक ६ गतेबाट लागू हुने गरी प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था गरेको हो।
पहिले निकुञ्ज कार्यालयले सार्कका अन्य देशका पर्यटकबाट मात्र शुल्क लिने गर्थ्यो। रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख यज्ञराज रोकायाका अनुसार निकुञ्ज कार्यालयले कात्तिक ५ गतेसम्म बाह्य पर्यटकबाट प्रतिव्यक्ति २ हजार ५ सय मात्र शुल्क लिने गरेको थियो।
_20180915040953.jpg)
अहिले आन्तरिक पर्यटकलाई सय, सार्क राष्ट्रका पर्यटकलाई १ हजार ५ सय र अन्य देशबाट आउने पर्यटकलाई ३ हजार निकुञ्ज प्रवेश शुल्क तोकिएको छ। निकुञ्जभित्र हेलिकोप्टरको प्रतिअवतरण ३ हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ । निजी सवारीसाधनबाट रारा आउने पर्यटकलाई छायानाथ रारा नगरपालिकाले चारपांग्रे गाडीको ५ सय र मोटरसाइकलको २ सय रुपैयाँ शुल्क तोकेको छ। रारा राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत मध्यवर्ती क्षेत्र विकास समितिले पनि पर्यटकबाट शुल्क उठाउने तयारी गरेको छ ।
रारा अवलोकन गर्न दिनहुँ ३ सयदेखि ५ सयसम्म आन्तरिक पर्यटक आउने गरेका छन्। रारा अवलोकन गर्न सतहमार्गबाट आउने पर्यटकलाई निकुञ्ज कार्यालयले जुम्ला जिल्लाको बुलबुले मुगुको सल्लेरी, लामाचौर र निकुञ्ज कार्यालयबाट शुल्क उठाउने गरेको कार्यालयले जानकारी दिएको छ ।_20180915040948.jpg)
_20180915040957.jpg)
प्रतिक्रिया दिनुहोस !