चिकित्सक नहुँदा दन्तसेवा प्रभावित

चिकित्सक नहुँदा दन्तसेवा प्रभावित

जाजरकोट : जाजरकोट अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा दुई सातादेखि दन्तसेवा बन्द छ। दसैं मान्न घर गएकी डेन्टल सर्जन डा. निशा बुढामगर अस्पतालमा नफर्केपछि सेवा ठप्प भएको हो। डाक्टर नहुँदा दन्त उपचार कक्षमा ताला झुन्डिएको छ।

दन्त उपचार सेवामा कार्यरत सिनियर अहेव वेदबहादुर सिंहको रग्दा स्वास्थ्य चौकीमा सरुवा भएपछि डा. बुढा एक्लैले सेवा दिँदै आएकी थिइन्। उनी पनि बिदामा बसेपछि दाँतको उपचार गर्न आउने बिरामी प्रभावित भएका हुन्। छोरीको दाँत निकाल्न अस्पताल पुगेकी यमुना डाँगीले उपचार नपाई त्यसै फर्कनुपरेको गुनासो गरिन्। अस्पताल प्रशासन प्रमुख दशरथ लामिछानेले दसैंअघि बिदा लिएर घर गएपछि दसैंपछिको बिदा सम्बन्धमा आफूलाई जानकारी नभएको बताए।

अन्य चिकित्सक पनि दसैं बिदापछि नफर्किंदा उपचार सेवा प्रभावित भएको हो। नौ जना विशेषज्ञ चिकित्सकसहित १३ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा डेन्टल सर्जन र करारसहित ६ जना मेडिकल अधिकृतको पदपूर्ति भएकोमा एक जना मात्र कार्यरत छन्। अस्पतालका मेडिकल अधिकृत डा. धर्म रेग्मी र डा. कृष्णजंग शाह एमडी अध्ययन गर्न बिदा बसेका छन्। त्यस्तै, डा. राजेन्द्र लामा र डा. केशरजंग कार्की दसंै बिदामा घर गएपछि अझै फर्केका छैनन्।

करारमा कार्यरत डा. अमिन शाहले अस्पताल चलाइरहेका छन्। उनले एक्लै हुँदा २४ सै घण्टा उपचार सेवा दिन गाह्रो भएको बताए। नौ जना विशेषज्ञ डाक्टरको पदपूर्ति नै हुन सकेको छैन। अन्य विशेषज्ञ सेवा सञ्चालन हुन नसके पनि प्रसूति सेवा सञ्चालन गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक जना स्त्रीरोग विशेषज्ञ काजमा पठाउने व्यवस्था गरिएको थियो।

साउनदेखि प्रतिष्ठानले काजमा विशेषज्ञ चिकित्सक नपठाउँदा जटिल खालको प्रसूति सेवा ठप्प छ। प्रसूतिका लागि आउने महिला सेवा नपाउँदा चौरजहारी, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा जान बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.