रोकिएन जडीबुटी तस्करी

रोकिएन जडीबुटी तस्करी

जाजरकोट : जिल्लाको उच्च लेकाली क्षेत्रमा पाइने सेतो चिनीलगायत बहुमूल्य जडीबुटी तस्करी बढ्दै गएको छ। ठेकेदार तथा सप्लायर्सले चोरी–निकासी गर्दा लाखौंको राजस्व घाटा हुने गरेको छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतकै जिल्लामा जडीबुटी उत्खनन हुँदासमेत राज्य बेखबर छ।

वन पैदावर, संकलन, वन संरक्षण, पूर्वाधार विकासलगायत कार्ययोजना स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिए पनि स्वीकृत नभएपछि जंगल संरक्षणमा कठिनाइ भएको वन डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख नेपाली साहले बताए। पर्याप्त कर्मचारी अभावले पनि जडीबुटी चोरी–निकासी रोक्न कठिनाइ भएको उनको भनाइ छ।

जिल्लाकोे उत्तरी क्षेत्र चाखुरे, देउराली, साइकुवारी, सागबारी, बुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने कुरिलो, काउलो, पाखनवेद, सुगन्धवाल, तीतेपाती, जटामसी, चिराइतो, गुच्छी च्याउ, लौठ सल्ला, पाँचऔंले, सेतकचिनी जरा, बुकी फूल, गुच्चीच्याउ, पदमचाल, लटेचुक, भुत्ले, सतुवा, अतिस, सुनजरीलगायत बहुमूल्य जडीबुटी चोरी–पैठारी बढेको बारेकोट–१ का खगेन्द्र बोहराले जानकारी दिए। रुकुम, डोल्पा र जुम्लाका नाका हँुदै जडीबुटी तस्करी हुने गरे पनि यसतर्फ सम्बन्धित निकायले ध्यान नदिएको उनले बताए।

सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत गरेका जडीबुटीसमेत निकासी हुने गरेको स्थानीय बताउँछन्।

सेतो चिनीको व्यापारले जंगल विनाश

बहुमूल्य जडीबुटी सेतोचिनी संकलनले वन विनाश तीव्र रूपमा हुने गरेको छ। जसकारण कस्तुरी, घोरल, रेडपाण्डा, भालुलगायत दुर्लभ वन्यजन्तुसमेत संकटमा पर्न थालेका छन्। स्थानीय भाषामा खिराङ्गो भनिने जमिनमुनी सखरखण्डजस्तै फल्ने सेतोचिनी अर्थात् कुकुरडाइनो उत्खनन गरिसकेपछि पकाएर सुकाउनुपर्ने हुन्छ। सयाैं क्विन्टल सेतोचिनी दाउरामा पकाउनुपर्दा जंगल फँडानी हुने गरेको हो।

दाउरा संकलन गर्ने क्रममा पूरै जंगल विनाश गरिएको ढोटाचोर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर शाहीले बताए। बारेकोट, चाखुरे पाटन क्षेत्र आसपास यस वर्ष २ हजारभन्दा बढी रूख फँडानी गरिएको अध्यक्ष शाहीको दाबी छ। सेतो चिनी संकलनका लागि बारेकोट गाउँपालिकामा २ लाख धरौटी राखेका प्रतिव्यापारीले इन्धन (दाउरा) शुल्क भनेर गाउँपालिकालाई पाँच हजार रुपैयाँ शुल्क तिर्ने गरेका छन्।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भने नेपालको संविधान २०७२ को अनुसूचि ८ को धारा १० र २१ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी कर संकलन गरेको बताएका छन्। गाउँपालिकाले सेतोचिनी संकलनका लागि प्रतिव्यापारीसँग लिएको धरौटी २ लाखबाटै सेतोचिनी प्रतिकेजी ५ रुपैयाँका दरले निकासी कर संकलन गरी बचेको रकम फिर्ता गर्ने निर्णय भएको अध्यक्ष शाहले बताए।

सेतो चिनी खोजी गर्न जंगल पुगेका प्रतिस्थानीयबाट प्रवेश शुल्क २ सय र बारेकोट गाउँपालिकाभन्दा बाहिरबाट आएका प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लिइन्छ। इन्धन (दाउरा)बापत प्रतिव्यापारी ५ हजार शुल्क लिने गरेको अध्यक्ष शाहले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.