अब पोखराका गल्लीको नाम अंकमा

अब पोखराका गल्लीको नाम अंकमा

पोखरा : अमेरिका घुमेका एक पोखरेली भन्छन्, ‘म त न्युयोर्कमा पनि हराउँदिन। गल्लीगल्लीका नम्बर हुन्छन्।  नयाँ ठाउँ पत्ता लगाउन पनि सजिलै हुन्छ।’ अब त्यस्तै सजिलो पोखरा घुम्न आउने पर्यटकलाई पनि हुनेछ। यहाँको पर्यटकीय केन्द्र लेकसाइडका गल्लीहरुको नाम अंकमा राख्ने तयारी सुरु भएको छ। 

पोखरा महानगरपालिकाको वडा नम्बर ६ र पर्यटनकर्मीको छाता संस्था पोखरा पर्यटन परिषदले अंकका आधारमा गल्ली नामकरण सुरु गरेका छन्। 

लेकसाइडको प्रवेश बिन्दु कोमागाने पार्कसामुन्नेको गल्लीको नाम १ नम्बर हुने भएको छ। त्यसै गरी क्रमशः अरु गल्लीले २, ३, ४ हुँदै नाम पाउनेछन्। ‘तिहारभित्रै गल्लीका नाम अंकमा राख्नेछौं,’ परिषद उपाध्यक्ष गोपी भट्टराईले अन्नपूर्णसँग भने। 

लेकसाइडको सुदूरपश्चिम खहरेसम्मकै गल्लीकै नाम अंकमा दिइने वडाध्यक्ष जगत पहारीले दिए। उनले गल्लीको अंक र त्यसमुनि वडा नम्बर लेखिने पनि बताए। 
‘स्ट्यान्डहरु र बोर्डहरु बनाउँदा त्यस्तै डेढ २ लाख रुपैयाँ खर्च लाग्ला’, उनले भने, ‘काम महत्वपूर्ण भए पनि खर्च धेरै छैन।’ उनले ३० वटा जति मुख्यमुख्य गल्लीहरुलाई अंक बाँडिने पनि बताए। 

यहाँका ठाउँका नाम उच्चारण गर्न पर्यटकले सितिमिति नजान्ने हुँदा होटल र रेस्टुरेन्ट पत्ता लगाउन कठिन भइरहेको परिषद उपाध्यक्ष भट्टराई बताउँछन्। 

‘पर्यटक आफूले बुकिङ गरेको होटल, रेस्टुरेन्ट पत्ता लगाउन गाह्रो भएको छ। कतिपयको नाम पनि जुधेको छ’, उनले भने। 

मुख्य गल्लीहरुको नाम अंकका आधारमा परीक्षण गरेपछि पछि सबैतिर त्यसै गर्न सकिने उपाध्यक्ष भट्टराईले बताए। परिषद र वडाको संयुक्त छलफलले ठूलो आकारका पर्यटकीय बस लेकसाइडका सडकमा लामो समय रोक्ने निर्णय पनि गरेको छ। ३ देखि ५ मिनेटमात्र समय दिने भन्ने पनि निर्णय भएको हो। 
   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.