पाेखरामा पर्यटकको तथ्यांक संकलन : तीन महिनामा ६८ हजार पर्यटक

पाेखरामा पर्यटकको तथ्यांक संकलन : तीन महिनामा ६८ हजार पर्यटक

पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशमा भित्रिने पर्यटकको तथ्यांक संकलन सुरु गरेको छ। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको सहयोगमा तथ्यांक संकलन सुरु गरेको हो। पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म बर्सेनि कति पर्यटक आउँछन् भन्ने तथ्यांक छैन।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा पोखरामा ६८ हजार पाँच सय दुईजना पर्यटक विभिन्न मार्ग हुँदै पोखरा प्रवेश गरेका छन्। स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीको सहयोगमा स्थलमार्ग हुँदै आउने पर्यटकको तथ्यांक संकलन साउन १ गतेदेखि सुरु गरिएको हो।

गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्यांक पनि छिट्टै संकलन गर्ने गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले बताए। हवाइ मार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउने छ। हेलिकप्टरबाट आउने पर्यटकको पनि रेकर्ड राखिने उनले सुनाए।

यसअघि पोखरा आउने पर्यटकको अभिलेख हवाई मार्गबाट आउने पोखरा विमानस्थलले र पदयात्रामा जाने पर्यटकको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राख्नेबाहेक अन्य तथ्यांक थिएन। साउनमा पोखरामा हवाई मार्ग र स्थलमार्गबाट गरी कुल २० हजार आठ सय १२ पर्यटक आएको प्रदेश सरकारको तथ्यांक छ। साउनमा सबैभन्दा धेरै भारतीय पर्यटक आएको तथ्यांक छ। भदौ महिनामा २१ हजार सात सय १७ पर्यटक आएको तथ्यांक छ। यी दुवै महिना पर्यटक आगमनका लागि अफ सिजन मानिन्छ। पर्यटकीय सिजन सुरु हुने असोजमा पर्यटकको आमगन बढेर २५ हजार नौ सय ७३ पर्यटक गण्डकी प्रदेशमा आएको सचिव भण्डारीले बताए। असोज महिनामा १२ हजार पाँच सय ६३ जना पर्यटक भारतीय आएको तथ्यांक छ। बाँकी अन्य देशमा पर्यटक हुन्।

प्रदेश सरकारले आन्तरिक पर्यटकको भने तथ्यांक राखेको छैन। तथ्यांक संकलनलाई विस्तारै प्रभावकारी बनाउन एप्स सिस्टममा जाने प्रदेश सरकारले बताएको छ। भूकम्पअघि चिनियाँ पर्यटकको आगमन बढ्दा अफ सिजन मानिएका असार, साउन महिनामा पनि पर्यटकको आगमन बढेको थियो। भूकम्पपछि तातोपानी नाका बन्द भएपछि खस्किएको चिनियाँ पर्यटकको आगमन अहिलेसम्म पनि सुध्रन नसकेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.