संस्कृति साट्न ‘जंगल क्याम्प’

संस्कृति साट्न ‘जंगल क्याम्प’

भरतपुर : जंगलको बीचमा टेन्ट गाडिएको थियो। साना उमेरदेखि किशोरावस्थाका समूह सामानसहित आफ्नो भागमा परेको टेन्टमा बसे। तीन रात कटाउने योजनासहित सबैले आफ्नो व्यवस्थापन गरेका थिए। एउटै उमेर समूहका विदेशी नागरिकसँगको परिचयबाट उनीहरूको जंगल क्याम्पको बसाइ तय गरेका थिए।

नेपाल र बेलायतका स्काउटका अभियन्ता विद्यार्थी मित्रता गाँस्नमा व्यस्त रहे। दुई देश बीचको सांस्कृतिक अनुभव साटासाट गरे। बेलायतका स्काउटर पाउलले साँस्कृतिक पहिचानले नजिक भएको अनुभव सुनाए। ‘दुई देशको अनुभव नै सबैभन्दा ठूलो उपलब्धी भयो’, उनले भने। एकआपसको सांस्कृतिक पहिचान चिनाउन पश्चिम चितवनको मैघौलीमा स्काउटको ‘फ्रेण्ड्सीप क्याम्प’ सुरु गरिएको हो।

नयाँ पुस्तालाई बेलायत र नेपालमा भएका संस्कृतिको अनुभव आदान प्रदानका गर्न कार्यक्रम आयोजना गरिएको हो। बेलायतको ब्रिसटोलका स्काउट ट्रुपका १४ जना विद्यार्थीसहित ४७ जना सहभागी छन्। जंगलमा रहेर तालिम गर्दै आफ्ना देशमा हुने संस्कृति सिकाउने छन्। स्काउटको अभियानसहित आत्मरक्षाको तालिम सिकाइएको छ। नेपाली स्काउटसँगको समन्वयमा गरिएको क्याम्पमा तीनसम्म जंगलमा रहँदाको अनुभव सिकाइन्छ।

विद्यालय जाने उमेर समूहबीच सामाजिक अभियानमा जागृत गराएर संस्कृति प्रदर्शन गरिन्छ। उनीहरूलाई आत्मरक्षासँगै सामाजिक अभियानमा समेट्न टेवा पुग्ने क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारीले बताए। ‘ स्काउटको अभियानबाट दुई देशको भाइचाराको सम्बन्ध विकास गर्न खोजेका हौं’, उनले भने, ‘यो अभियानले कालान्तरमा विकासका लागि सहकार्य हुनेमा विश्वस्त छौं।’

क्याम्पको बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। सभापति शेरबहादुर देउवाले देशको विकासको सामाजिक अभियानमा किशोर किशोरीलाई सहभागी गराएर मुलुक बनाउने अभियान सुम्पिने पुस्ता तयार गर्नुपर्ने बताए। किशोर किशोरीको ज्ञान, सीप र क्षमता बढाएर किशोर किशोरीमा सामाजिक भावना जागृत गराउनु पर्नेमा उनले जोड दिएका हुन्। ‘ज्ञान सीप क्षमता बढाएर किशोर किशोरीमा सामाजिक भावना जागृत गराउनु आवश्यक छ’, देउवाले भने, ‘मानव सेवामा अभिप्रेरित गराएर देश विकासमा इँट थप्नुपर्छ।’

नागरिकमा देखिएको स्वास्थ्य मुलुक विकासका लागि ठूलो चुनौती भएको भन्दै यसमा सजक रहन आग्रह गरे। नेपाल र बेलायतका गरी दुई सय ८२ जना स्काउटर र स्काउटको सहभागिता छ। तीन दिनसम्म चल्ने क्याम्पमा दुई देशको सांस्कृतिक अनुभवसहित स्काउटका गतिविधि सञ्चालन गरिनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.