बजेट अन्योलमा काम रोकियो

बजेट अन्योलमा काम रोकियो

तानसेन : जिल्लामा सञ्चालित ३ वटा योजना बजेट विनियोजन नहुँदा अलपत्र परेका छन्। डिभिजन कार्यालय पाल्पाबाट ठेक्का सम्झौता क्रमागत योजनाअन्तर्गत काम हुँदै आएका बेलवास–नुवाकोट–दोभान सिद्धार्थ राजमार्ग बाइपास सडक, माडी चक्रपथ सडक र रानीघाट–तानसेन सडकमा अन्योल देखिएको हो।

सडक विभागको १ सय २३ नम्बर शीर्षकअन्तर्गत क्षेत्रीय र पर्यटकीय महत्वका सडक कार्यक्रमबाट सञ्चालित योजनाको बजेट शीर्षक नै डिभिजन सडक कार्यालय पाल्पामा नभएपछि निर्माण व्यवसायीलाई दिनुपर्ने रकम रोकिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकृत पवित्रमणि आचार्यले बताए।

सिद्धार्थ राजमार्ग बाइपास सडकमा इलाइट काष्ठमण्डप उमा एन्ड कम्पनीलाई ३० लाख रकम भुक्तानी दिनुपर्ने छ। ५० प्रतिशत काम अझै बाँकी छ। ६ करोड ७० लाख लागतमा ०७५ माघ १३ मा सक्ने गरी साढे ६ किलोमिटर सडकमा नाली, ग्राभेल र टेवा पर्खाल गर्ने सम्झौता भए पनि निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न बाँकी रहेको र बजेट आउनेमा निश्चित नभएकाले काम रोकिएको हो।

माडी चक्रपथ सडकमा दुई ठेक्का सम्झौता भएर काम थालिएमध्ये कोसी एन्ड न्यौपाने ओमशाही जेभी कम्पनीलाई ५० लाख भुक्तानी दिन बाँकी छ भने ६० प्रतिशत काम अधुरो छ। उक्त कम्पनीले ५ करोड ३३ लाखमा सम्झौता गरेर १ लाख ४४ हजार घनमिटर कटान, ७ किलोमिटर ग्राभेल, ४ सय ६० मिटर हिमपाइप र टेवा पर्खाल काम गर्नुपर्ने छ। निर्माण कम्पनीको ०७४ फागुन १० मा ठेक्का सम्झौता सकिएपछि पनि न म्याद थप भएको छ न काम गराउन बजेट सुनिश्चित छ। योजना अलपत्र हुने जोखिम देखिएको स्थानीय कमल पाण्डेले बताए।

८ मिटर चौडाइ २८ किलोमिटर लम्बाइको माडीचक्र पथ तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पहलमा निर्माण सुरु भएको थियो। माडी चक्रपथको दोस्रो ठेक्का श्रेष्ठ निर्माण सेवाले ५९ लाख २० हजारमा साढे २ किलोमिटर ग्राभेलसहितको काम गरेको छ। श्रेष्ठ निर्माण सेवाले १५ लाखजति भुक्तानी लिन बाँकी छ भने बजेट आउने विश्वासमा सम्झौताको काम सक्ने लक्ष्य राखेको निर्माण व्यवसायीले जनाएको छ।

तानसेन–रानीघाट सडकखण्ड स्तरोन्नतिमा दुईवटा ठेक्का सम्झौता भएर निर्माण भइरहेको थियो। कालोपत्रे गर्ने सडक रसुवा एबीए निर्माण कम्पनीले कालोपत्रे गर्न १० करोड ९ लाखमा ठेक्का लिएर काम गरेको छ। निर्माण कम्पनीलाई १ करोड १५ लाखजति भुक्तानी कार्यालयले तिर्न बाँकी छ। करिब २५ प्रतिशत काम बाँकी रहेको कालोपत्रेको काम पनि रकमको सुनिश्चितता नहँुदा त्यसै छाडिएको छ।

दोस्रो खण्ड सडक चौडा गर्ने काम शंकरमाली अकेलले एक करोड ४८ लाख ठेक्का सम्झौता गरेको छ। निर्माण कम्पनीले २५ प्रतिशत काम सकेको त्यसको करिब ५० लाख भुक्तानी निर्माण कम्पनीलाई दिइएको छैन। निर्माणाधीन सडक संघीय वा प्रदेश कुन सरकारमातहत जाने र भएका कामको भुक्तानी र ठेक्का सम्झौता के गर्ने भन्ने अन्योलले हालसम्म निर्माण सकिने योजना अलपत्र परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.