पोखरा प्रिमियर लिग : काठमाडौं र पोखरा विजयी

पोखरा प्रिमियर लिग : काठमाडौं र पोखरा विजयी

पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार काठमाडौं रोयल्स र पोखरा पल्टन विजयी भएका छन् । भारतीय खेलाडी गौतम तामोरको ६६ रनको मद्दतले काठमाडौं रोयल्सले विराटनगरलाई पाँच विकेट विकेटले पराजित गरेको हो ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेटको क्षतिमा दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले जितको लागि अन्तिम ओभरसम्म संघर्ष गर्नु परेको थियो । सन्दीप लामिछानेले १९ औं ओभरमा उत्कृष्ट प्रदर्शन गरिरहेका ब्याट्सम्यान गौरव तोमारलाई एन्ड्र्यु सुविसानको हातबाट क्याच आउट गराएपछि खेल प्रतिस्पर्धात्मक भएको थियो ।

तेस्रो ब्याट्सम्यानको रूपमा क्रिजमा छिरेका भारतीय खेलाडी गौरव तामोरको अर्धशतकीय पारीमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सलाई पराजित गर्दै चार अंक जोड्न सफल भएको हो । तामोरले अमित श्रेष्ठसँग काठमाडौं रोयल्स दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे ।

पहिलो विकेटको रूपमा अमित श्रेष्ठ ३५ रनमा काठमाडौंले गुमायो । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । भारतीय खेलाडी तामोर ४६ बलमा ६ चौका र तीन छक्का हिकाएर ६६ रन जोडे । ओपनर पाकिस्तानी खेलाडी मोहम्मद जायद आलमले ६७ रन बनाए । सुनील धमलाले २९ बलमा ३० रन बनाए । सुशन भारी, वसन्त रेग्मी र गौरभ तोमारले दुई दुई विकेट लिए । खेलमा तोमारले म्यान अफ दी म्याच भए । काठमाडौंले दुई खेलमा जित निकाल्दा विराटनगर टाइटान्स भने पोखरा प्रिमियर लिगमा लगातार तेस्रो खेल पनि पराजित भएको छ ।

यसैगरी सोमबार भएको दोस्रो खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोसलाई पाँच विकेटले हरायो । जितसँगै पोखराले चार अंक जोडेको छ ।

पोखरा पल्टनका रविइन्दर सिंहको ६५ रनको मद्दतले चितवन राइनोजले दिएको एक सय ४१ रनको लक्ष्य पोखरा पल्टनले भेट्टाएको थियो । पहिलो र दोस्रो ओभरमा बिना रन दुई विकेट गुमाएको पोखरा पल्टनलाई रविइन्दर र रोहितकुमार पौडेलले ७८ रनको साझेदारी गरेपछि लक्ष्य भेटाउन सहज बनाएका थिए । चितवनका करण केसीले कुशल भुर्तेललाई दोस्रो बलमा आउट गरेका थिए । दोस्रो ओभरमा सन्ती पटेलले आशिफ शेखको विकेट लिए पछि पोखरा पल्टन दबाबमा परेको थियो ।

पोखरा पल्टना रविइन्दर सिंहले ४७ बलमा आठ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाउँदै पोखरालाई जितको नजिक पुर्‍याएका थिए । शरद भेषवाकरले ३७ रन बनाए ।

रोहितकुमार पौडलले १९ रन जोडे । टस जितेर ब्याटिङ गरेको चितवनका सन्नी पटेलले अन्तिम ओभरसम्म टिक्दै ४६ रन बनाए । कप्तान पारस खड्काले ४४ रन जोडे ।

चितवनले टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएको थियो । सोनु तामाङले २१ रन, अनिलकुमार साहले १६ रन बताए । खेलमा म्यान अफ दी म्याच पोखरा पल्टनका रविइन्दर सिंह घोषित भए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.