६ तस्बिरमा हेर्नुहोस् जुनीचाँदेको सौन्दर्य

६ तस्बिरमा हेर्नुहोस् जुनीचाँदेको सौन्दर्य

जाजरकोट : जाजरकोटको दुर्गम गाउँपालिका हो, जुनीचाँदे। साविकका गर्खाकोट, मजकोट, कार्ताङ्ग र दह गाउँविकास समितिलाई मिलाएर जुनीचाँदे गाउँपालिका बनाइएको हो। यो गाउँपालिका प्राकृतिकरुपमा निकै सुन्दर छ, तर भौगोलिक तथा आर्थिक सामाजिक हिसाबले भने निकै पछि परेको छ। 

भर्खर मोटरबाटोले गाउँपालिका छिचोल्दै छ। डोजरले मोटरबाटो निर्माण गरिरहेको छ। यहाँका अधिकांश वासिन्दा कृषि पेशामा आश्रित छन् तर सिंचाई सुविधा नहुँदा आकासेपानीको भरपर्नुपर्ने बाध्यता छ। पुरुष ज्याला मजदुरी गर्न भारत ( कालापार ) जाने र महिला काममा जोतिनुपर्ने बाध्यता छ। कतिपय महिलाका खुट्टामा जुत्ता चप्पल समेत हुँदैनन्।थाप्लोमा भारी बोक्नु पर्ने बाध्यता छ।

यहाँ मकै, कोदो र गहुँबाली उत्पादन हुन्छ। यहाँ अझै छाउप्रथा कायमै छ । मानिसको जनजीवन निकै कष्टकर छ। यो गाउँपालिका दैलेख, कालिकोट र जुम्लासँग सीमाना जोडिएको छ।

टेलिफोन र विद्युतको समस्या निकै रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए। नेपाल टेलिकमको नमस्तेको टावर नहुँदा फोनको निकै असुविधा भएकोले टावरको लागि पहल भैरहेको अध्यक्ष केसीको भनाई छ।

उनले एक वर्षभित्र गाउँपालिकाका सबै वडामा सडक सञ्जालको पहुँच पुर्‍याउने योजना सुनाए। गाउँपालिकामा स्वास्थ्यको पनि निकै असुविधा छ। गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ। चिकित्सकको दरबन्दी भएपनि चिकित्सक कहिल्यै बस्दैनन्।

स्वास्थ्य संस्थामा न औषधि पाइन्छ न स्वास्थ्यकर्मी।  लुहादलका स्थानीय बलबहादुर खड्काले भने, 'गत वर्ष जुनीचाँदेमा फैलिएको स्वाईन फ्लुबाट १४ जनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.